७ वैशाख, पर्वत । आगामी बैशाख ३१ गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा पर्वतको कुस्मा नगरपालिकामा नेकपा एमालेकोतर्फबाट उम्मेदवारका लागि २ जनाको नाम सिफारिस गरिने भएको छ । सिफारिस हुनेमा नेकपा एमाले संघीय मामिला विभागका सदस्य मेघनाथ सुबेदी र नेकपा एमाले पर्वत क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष शान्त पौडेल रहेकाछन् ।
नेकपा एमाले कुस्मा नगर कमिटिको भर्खरै सम्पन्न छलफलबाट दुई जनाको नाम प्रदेश कमिटिलाई पठाउने निर्णय गरेको नगर कमिटिका संयोजक याम गुरुले जानकारी दिए ।
पौडेल र सुबेदी सहित एमाले पर्वतका उपसचिब गोबिन्द पहाडी र प्रदेश नं. ४का सदस्य मनोहर बि. पौडेल पनि आकांक्षी रहेको भएपनि बि. पौडेल र पहाडीले दुई जनालाई समर्थन गरेको बुझिएको छ ।
त्यस्तै गरि नगर उप प्रमुखका लागि पनि ४ जनाको दाबी रहेको थियो । उप प्रमुखको विषयमा आज छलफल नभएकाले भोलीको बैठकमा छलफल गरि प्रदेशमा सिफारिस गरिने बताईएको छ ।
सिफारिस गरिएका दुबै जना साविक पिपलटारी गाविसका पूर्व गाविस अध्यक्ष हुन् । लामो समय राजनीति गर्दै आएका दुबैजनाले टिकट पाएमा नेकपा एमाले जित सुनिश्चित भएको दाबी गरेका छन् ।




