५ वैशाख, पर्वत । विहादी गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रवीण गुरुङ्गलाई चारवटा वडाले प्रमुखमा सिफारिस गरेका छन् । छ वटा वडा रहेको यस गाउँपालिकामा बाच्छा, बर्राचौर, वहाकी र शालिग्रामले गुरुङ्गलाई प्रमुखका लागि सिफारिस गरेका हुन् ।
आईतबार नेपाली कांग्रेस विहादी गाउँपालिका स्तरिय बैठकमा चारवटा वडाका वाड सभापति सहितका पदाधिकारीले जनताको माहोल गुरुङ्गतर्फ रहेको र उनलाई नै टिकट दिनुपर्ने समेत बताए ।
पार्टीको आन्तरिक तथा सांगठिनक सुदृढिकरणमा लागेका गुरुङ्गले सय भन्दा बढि व्यक्तिलाई कांग्रेसमा प्रवेश गराईसकेका छन् । युवा नेता तथा व्यवसायी गुरुङ्गले नै टिकट पाउनुपर्ने अधिकांश नेता तथा कार्यकर्ताले माग समेत गरेका छन् । सरल र ईमान्दार राजनीति गर्ने नेताको रुपमा परिचित गुरुङ्गलाई पार्टीको भगिनी संगठन देखि लिएर शिर्षतह सम्मको समर्थन रहेको छ ।रानीपानीबाट भने हरि न्यौपाने र तिलक कुँवर तथा उरामबाट आनन्द भुषाललाई सिफारिस गरिएको छ ।
पर्वतका सात स्थानीय तहमध्ये कांग्रेसको बलियो प्रभाव रहेको यस गाउँपालिकामा गुरुङ्गको चर्चासँगै अन्य पार्टीका उम्मेदवारका आकांक्षी समेत निष्क्रिय बनेका छन् । – धौलागिरी अनलाइनबाट