६ चैत्र, पर्वत । नेपाल सरकारबाट कर छुटको सहुलियत पाएको कुश्मा बलेवा यान्त्रिक पुलले स्थानीयलाई चरम मर्का पर्ने गरी भाडा बृद्धि गरेसंगै बागलुङको बलेवाका स्थानीयले उक्त पुलको कार्यालयमा तालाबन्दी गरेका छन । तालाबन्दी पछि यान्त्रिक पुल एक साता देखि बन्द छ ।
राज्यलाई सेवामुखी ब्यवसाय हो भनेर बार्षिक लाखौं रकम छुट लिएपनि कम्पनीले पुल सञ्चालनमा खर्च बढेको भन्दै चैत्र १ गते देखि ३३ प्रतिशत नघटने गरी भाडा बृद्धि गरेको थियो ।
आधा किलोमिटरको यात्रा ४ मिनेटमा पार गर्न १ सय २५ रुपैंयासम्मको भाडा निर्धारण गरेको कम्पनीको विरुद्धमा वलेवा क्षेत्रका महिला समूहको अग्रसरतामा तालाबन्दी गरिएको हो ।
स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १ सय रहेकामा रु १ सय २५ लिने गरी भाडावृद्धि गरेको थियो ।
यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पु¥याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पु¥याइएको कम्पनीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्