Print

पुर्नसंरचनाको विरुद्धमा कुर्घाबासी पनि आन्दोलीत

चैत्र, पर्वत   पर्बत जिल्लाको दक्षिणी भेग कुर्घा गाबिस अन्तरगतका वडा न ७ दुक्तान र वडा न ८ लामेका बासिन्दाहरु स्थानीय तह पुनर्संरचनाले गरेको नयाँ संरचनाको बिरोधमा आन्दोलनमा उत्रेका छन ।

नयाँ संरचना अन्तरगत कुर्घा गाबिसका १,२,३,४,५,६ र ९ फलेबास नगरपालिकामा र ७ र ८ वडालाइ छुटाएर महाशिला गाउँपालिकामा  गाभिएको भन्दै विरोध गरेका हुन ।

कुर्घा गाबिसका अरु वडाको अधिकांश स्रोत साधान वडा ७ र ८ मा पर्ने हुदा प्रयोग भै आएका स्रोत साधानका कारण असुविधा पर्ने तथा अन्य धार्मिक तथा सांस्कृतिक सम्बन्धमा समेत खलल पुग्ने हुदा जुनसुकै हालतमा कुर्घा गाबिस फुटाउन नहुने बताएका छन।

सेवा प्रवाहको हिसाब तथा बजार निकटता पनि हामिलाइ फलेबास नै पर्ने हुदा वडाबासिले चाहे अनुरुप फलेबास नगरपालिकामा नै समाबेश गर्नु पर्नेू स्थानीय युवा मधु खनालले वताउनुभयो । दुई वडा बासिले जुनसुकै अवस्थामा पनि यी २ वडा कुर्घा गाबिस अन्तरगतको फलेवास नगरपालिका मै हुनुपर्ने जोड दिएका छन।

पटकपटक जिल्लामै पुगेर ज्ञापान पत्र बुझाएको ,विभिन्न आन्दोलन र विरोध का कार्यक्रम र डेलिगेसनको लागि राजधानी पुगेर ज्ञापन पत्र वुझाउदा पनि केही सुनुवाइ नभएकोले अब आन्दोलनको अर्को रूपमा निर्वाचन बहिष्कार समेत गर्ने स्थानीय अगुवा भिम प्रसाद गुरुङले बताउनु भयो।

आफुहरुलाई फलेवास नगरपालिकामै राख्नु पर्ने स्थानिय वासिको माग रहेको र नेताले भोट बैकको लागि मात्र हामिलाइ प्रयोग गरेको भन्दै वडाबासिको उचित माग पुरा नभएकोले निर्वाचन वहिष्कारमा जानु परेको वडा नागारिक मन्चका अध्यक्ष यम बहादुर गुरुङले जानकारी दिनुभयो । – विकास राज पौडेल

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस