२४ फागुन, पर्वत । उपराष्ट्रपति नन्दबहादुर नन्दबहादुर पुन आज पर्वत आउने भएक छन । नवौं महिला महोत्सवको उद्घाटनका लागि पुनः पर्वत आउन लागेका हुन ।
उपराष्ट्रपति दिउँसो १ बजे कुश्मा आउने र डेढ घण्टा कार्यक्रम स्थलमा रहने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । मरासिनीका अनुसार उपराष्ट्रको सुरक्षा ब्यवस्थाका लागि सोमबार उपराष्ट्रपतिको कार्यालयबाट विशेष सुरक्षाको टिम पर्वत आइपुगेको छ । विशेष सुरक्षा टिम र जिल्ला स्थित सुरक्षा निकायले उपराष्ट्रपतिको सुरक्षा ब्यवस्थालाई ब्यवस्थित गर्ने गरी तयारी गरेको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए । दिउँसो हेलिकप्टर मार्फत सदरमुकाम कुश्मा बजार आउने उपराष्ट्रको सुरक्षाका लागि सुरक्षा टोलीले कार्यक्रम स्थ नजिक सोमबार देखि नै रेकी गरीरहेको छ । जिल्लामै पहिलो पल्ट उपराष्ट्रपति औपचारिक कार्यक्रममा लागि पर्वत आउन लागेका हुन ।
उता, महिला महोत्सवको सवैजसो तयारी पुरा भएको आयोजकले जनाएको छ । महिलाहरुको मात्र लगानी र व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहिनीद्धारा आयोजित महोत्सव फागुन ३० गतेसम्म संचालन हुने भएको छ ।
Print
उपराष्ट्रपति आज पर्वत आउँदै, सुरक्षा ब्यवस्था कडा




प्रतिकृया दिनुहोस्