Print

माओवादी केन्द्र निकट पत्रकारको संस्था प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष एमालेमा प्रबेश

 १६ फागुन, बैतडी । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ठ उपाध्यक्ष गोर्कण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले बैतडीको आईतबार बसेको बैठकले दयाललाई टीका लगाई पार्टीमा स्वागत गरेको छ ।

नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा बसेको जिल्ला कमिटिको बैठकले एमालेमा प्रवेश गरेका दयाललाई उचित जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टी सचिब लिलाधर भट्टले जानकारी दिए ।

नेकपा माओबादी केन्द्र बैतडीको जिल्ला कमिटि सदस्य समेत रहेका दयाल बिगत एक दशकदेखि माओवादीका बिभिन्न जनवर्गीय सगंठनहरुमा आबद्ध थिए ।

यसअघि माओवादी केन्द्रको सुभेच्छुक संगठन प्रेस सेन्टरको केन्द्रीय सदस्य तथा प्रदेश ७ का बरिष्ठ उपाध्यक्ष रहेका गोकर्ण दयाल एमालेमा प्रबेश गर्दा उनलाई प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीले स्वागत गरेको छ ।

एकदशक लामो समयदेखि पत्रकारिता पेशामा आबद्ध दयाललाई नेकपा एमालेमा प्रवेश गराउन पाउँदा निकै खुसी लागेको प्रेस चौतारी बैतडीका संस्थापक अध्यक्ष नरेन्द्र भट्टले बताए ।

प्रेस चौतारी नेपाल नेकपा एमालेको सुभेक्छुक संस्था भएकाले दयाललाई प्रेस चौतारीले गर्ने बिभिन्न क्रियाकलापहरुमा संलग्न गराईने भट्टको भनाई छ ।

दयाल जिल्लाकै अग्रज तथा बरिष्ठ पत्रकार भएकोले चौतारीमा ल्याउन पाउँदा हर्ष लागेको प्रेस चौतारी बैतडीका कार्यवाहक अध्यक्ष सिपि लोहियाले बताए ।

यहि फागुन २२ गते हुन गईरहेको पत्रकार महासघंको जिल्ला अबिधेशनको व्यापक तयारीमा जुटेको प्रेस चौतारीमा प्रवेश गर्नेहरुको लहर चलेको का.वा.अध्यक्ष लोहियाको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस