Print

गोरु काटेर खाएको आरोपमा पक्राऊ परेकालाई रिहा गर्न माग

९ फागुन, पर्वत । उत्तरी पर्वतको धाईरिङ्ग गाविसमा गौवधका आरोपमा स्थानिय पाँच व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोमा स्थानिय दलित संजालले बिरोध जनाएको छ ।
धाईरिङ्ग गाविसकै वडा नं. १ स्थित लालुङमा गौशाला निर्माण हुन लागेका बेला स्थानियले गोरु काटी खाएको आरोपमा पक्राऊ गर्नु मानवियता विपरित भएको भन्दै पाँचै जनालाई रिहा गर्न माग गरिएको छ । जिउँदो गोरु काटेर खाएको आरोपमा माघ २६ गते धाईरिङ्ग गाविस स्थित आइते परियार, नरबहादुर दमाई, सन्तु परियार, झिल्के परियार र छवि परियारलाई प्रहरीले पक्राउ गरेको थियो ।
दलित सञ्जाल धाईरिङ्गका अध्यक्ष पुर्णे दमाईले एक विज्ञप्ति जारी गर्दै विपन्न दलित परिवारलाई फसाउने र आफ्नो काबुमा राख्ने षडयन्त्रस्वरुप स्थानिय ब्राम्हणवादी सोच भएकाहरुले घटनालाई अतिरञ्जित गरेको बताएका छन् । उनीहरुले मृत गोरु खाएको भने स्वीकार गरेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस