८ फागुन, पर्वत । प्रेस चौतारी नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवं पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मालाई पितृशोक परेको छ ।
पर्वतको आर्थर डाँडाखर्कमा उनका ७१ बर्षीय पिता श्रीलाल शर्माको निधन भएको हो । घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला एक्कासी बिरामी परेका शर्माको घर ल्याउना साथ निधन भएको शर्माको परिवारले जनाएको छ ।
पत्रकार शर्माको एकबर्षअघि मात्रै भाइको निधन भएको थियो । एकपछि अर्को गर्दै परिवारको सदस्य गुमाएपछि शर्मा परिवार गहिरो शोकमा डुबेको छ । पत्रकार शर्मा पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष समेत हुन ।
Print
पत्रकार शर्मालाई पितृ शोक




प्रतिकृया दिनुहोस्