२६ माघ, म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको मंगलबार बेनीमा सम्पन्न एकतापछिको पहिलो अधिवेशनबाट बिरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
कार्यसमिति सदस्यहरुमा भिमप्रसाद गौचन, जगतप्रसाद गौचन, जगतनारायण गौचन, एकेन्द्रबहादुर रावल, पहलबहादुर खत्री, हरिप्रसाद शर्मा, बिनोद भट्टचन, चन्द्रबहादुर कुँवर, योगेन्द्रमान शेरचन, डम्मरबहादुर सुवेदी, टेकबहादुर कार्की, सञ्जु बरुवाल, सुमित्रा केसी, भिमबहादुर केसी, दलकेशर बानिया र रुपनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । कार्यसमितिको बैठकले पदबिभाजनको साथै आठ जना सदस्य पछि मनोनित गर्ने व्यवस्था छ ।
अधिवेशनको उद्घाटन गर्नुहुदै राप्रपाका केन्द्रिय सदस्य तथा पुर्वराज्यमन्त्री भिमप्रसाद गौचनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने एजेण्डा सहित राप्रपा चुनावमा जाने बताउनुभयो । उहाँले तत्काल निर्वाचनको मिती घोषणा गर्न माग गर्दै ठूला दलले डलरको प्रलोभनमा परेर नेपालको राष्ट्रियता र धार्मीक पहिचान मेटाउन खोजेको आरोप लगाउँदै त्यसको रक्षाका लागि राष्ट्रवादी शक्तिको एकतामा जोड दिनुभयो ।
यसैगरी केन्द्रिय सदस्य तथा पुर्व सहायक मन्त्री जगतप्रसाद गौचनले राप्रपा र राप्रपा नेपालको एकतापछि हुन लागेको महाधिवेशन र आगामी निर्वाचनबाट राप्रपा नेपालको बैकल्पीक राजनितिक शक्तिको रुपमा स्थापित हुने घोषणा गर्नुभयो ।
जिल्ला अध्यक्ष एकेन्द्र रावलको अध्यक्षता, प्रवत्ता हरिप्रसाद शर्माको सञ्चालन र सहअध्यक्ष पहलबहादुर खत्रीले स्वागत गर्नुभएको कार्यक्रममा जगतप्रसाद गौचन, दलित संगठनका बलबहादुर सुनार, महिला संगठनका अध्यक्ष अनु पुन, पार्षद प्रतिनिधि मोहन बानिया लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचिन समितिका संयोजक भरत खत्रीले सपथ ग्रहण गराउनु भएको थियो ।





प्रतिकृया दिनुहोस्