Print

पश्चिमाञ्चल स्तरिय पुरुष भलिबलको उपाधि स्याङ्जालाई

२० माघ, काठमाडौं । पाँचौ पर्वत महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चल स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ । बुधवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा ३÷२ को सोझो सेटमा पर्वतलाई हराउँदै स्याङ्जाले उपाधि हात पारेको हो । दुवै समुहबीच कडा प्रतिस्पर्धा भएको थियो ।

बेष्ट अफ फाईभको आधारमा खेलाईको प्रतियोगितामा २५–२३, ३३–३१,२७–२५,२५–२२ र १६–१४ को अन्तरले पर्वत उपविजेता भएको थियो । उपाधि हात पारेसँगै स्याङजा भलिवल समुहले नगद पुरस्कार रु १ लाख १ सय ११ प्राप्त गरेको छ भने उपविजेता पर्वत भलिबल समुहले नगद रु ६० हजार १ सय ११ सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा बागलुङ भलिबल समुह र भुकताङले भलिवल समुहले सान्त्वना स्थान हात पारेका छन् । उनिहरुले नगद २० हजार १ सय ११ को दरले पुरस्कार समेत प्राप्त गरेका छन् ।

भलिबल प्रतियोगितामा विभिन्न जिल्लाका ११ खेल समुहले भाग लिएका थिए । स्याङ्जा भलिबल समुहका खेलाडीलाई जनहि ५/५ हजार रुपैया यातायात खर्च समेत उपलव्ध गराइएको खेल संयोजक प्रकाश कर्माचार्यले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस