१८ माघ, पर्वत । आर्थर डाडाँखर्क गाबिस स्थि पञ्चकोशी भूतपुर्ब बिद्यार्थी मञ्चको आयोजना र पञ्चकोशी माबिको ब्यबस्थानमा १५ दिने मन्टेश्वरी शिक्षण तालिम शुरु भएको छ ।
पञ्चकोशी माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा आर्थिक संकलन गरेर नर्सरी देखि कक्षा २ सम्म आगामी शैक्षिकसत्र देखि अंग्रेजी र मन्टेश्वरी माध्यमबाट शिक्षा दिने उद्देश्य तालिम सञ्चालन गरिएको हो ।
तालिमको पञ्चकोशी माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले उद्घाटन गरे । तालिम उद्घाटन कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष बबिता शर्मा, सल्लाहकार मनोज गुरुङ्ग, पञ्चकोशी माबिका प्राचार्य अर्जुन पौडेल, प्राइम मन्टेश्वरी टिचर टे«निङ्ग इन्सिच्युटका प्रबन्ध निर्देशक श्रीप्रसाद बास्तोला, मञ्चका सचिब बिश्वास गुरुङ्ग, बिद्यालयका शिक्षक दिपक भुसाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
तालिममा बिद्यालयहरुमा बालबिकास केन्द्र तथा प्राथमिक तहमा अध्ययन गराउने दुई दर्जन शिक्षकहरु सहभागी छन। पोखराको प्राइम मन्टेश्वरी टिचर टे«निङ्ग इन्सिच्युटको प्राबिधिक सहयोगमा सञ्चालित तालिमपछि सबै बालबिकास केन्द्र र कक्षा दुई सम्म मन्टेश्वरी बिधीबाट अंग्रेजी माध्यममा पठनपाठन गर्न जनशक्ति तयार हुने भएकाले आगामी शैक्षिकसत्र देखि नै यो अभियान शुरु हुने मञ्चले जनाएको छ ।
Print
आर्थरका सवै विद्यालयमा अंग्रेजी माध्यममा पढाई हुने




प्रतिकृया दिनुहोस्