Print

प्रधानमन्त्री बालेन मुस्ताङ भ्रमणमा, यस्तो छ पर्वतको सुरक्षा प्रवन्ध

५ भदौ, पर्वत । प्रधानमन्त्री बालेन्द्र शाह नीजि भ्रमणका लागि मुस्ताङ जादैछन् । शुक्रबार राजधानी काठमाण्डौंबाट स्थलमार्ग हुँदै निस्किएका प्रधानमन्त्री शाह आज पोखरा स्थित एक रिर्सोटमा बास बस्ने भएका छन् । भ्रमणको क्रममा शाहले प्रयोग गर्ने पर्वत खण्डको सडक मार्गको लागि पर्वत स्थित सुरक्षा निकायले उच्च प्रवन्ध मिलाएको छ ।

पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले भ्रमणको प्रवन्धका लागि सडक सुरक्षामा ध्यान दिएको जानकारी दिए । पौडेलले गृह मन्त्रालयले प्रधानमन्त्री मुस्ताङ भ्रमणमा जाने र उक्त भ्रमणको अवधिमा पर्वत खण्डको सडक प्रयोग गर्ने लिखित जानकारी आएको जानकारी दिए । गृहले भ्रमणको उद्देश्य र कार्यतालिका नपठाएको सुरक्षा निकायको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले गृह मन्त्रालयलाई उद्धृत गर्दै प्रधानमन्त्री शाह भोली अर्थात शनिवार पर्वत खण्डको प्रयोग गरेर मुस्ताङ जाने आफूलाई जानकारी प्राप्त भएको जानकारी दिए ।

पौडेलले स्वभाविक रुपमा सुरक्षा निकाय सवै बेलामा आइअलटमा बस्ने भएको भन्दै प्रधानमन्त्रीको भ्रमण हुने जानकारी प्राप्त भएपछि यो क्षेत्रको सडक सुरक्षामा विशेष ध्यान दिएको समेत जानकारी दिए । प्रधानमन्त्री शाह आज पोखरा बसेका छन् । उनी भोली मुस्ताङ जाने कार्यक्रम रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

केहि सञ्चार माध्यमले पोखरा देखि उडान मार्फत जाने बताए पनि पर्वत जिल्लाको सुरक्षा निकायलाई भने सडक मार्गबाट नै मुस्ताङ जाने जानकारी आएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । प्रधानमन्त्रीको विस्तृत सेडुएल भने आफूहरुलाई प्राप्त नभएको पौडेलले बताए ।