बैंशलाल कामीको १० बर्षको नाबालक छोरो छेउमा छ । उसका अनेकौं सपना छन् । अनेकौं सपना मध्येको अहिलेको उसको सपना हो, आफ्नो ओत लाग्ने घर ।
३ बर्षकी उमेरमा आफ्नी आमाले छोडेर गएपछि १० बर्षका साजन परियार आफ्नो अपांग बुवाको सहारामा छन् । सानो हुँदा बुवाको सहारा पाएका साजन अहिले आफै बुवाको सहारा बनेका छन् ।
वैंशलाल जन्मजात अपांग हुन । उनी सामान्य मानिस जसरी हिडडुल गर्न सक्दैनन् । उमेर थियो, वैंस थियो, वैंसलाल वैशाखीको सहारामा हिड्न सक्थे । अहिले वैंसलालको जवानी हराउँदै गएको छ । उमेरले ढाक्दै गएको छ । बुढ्यौलीपन लाग्न थालेको छ ।
अहिले वैँशाखीको मात्रै वैँसलाललाई भर छैन् । छेउमा छोरा साजनले सहारा दिए पछि वैंसलाल उभिन र हिड्न सक्छन् । सञ्चार मध्यममा वैंसलालको परिवारको पिडा सार्वजनिक भएपछि धेरै मनका धनीहरुले वैंसलाललाई सहयोगको हात फैलाएका छन् । ति हातहरु अझै अधुरा र अपुरा छन् । उनलाई अहिले आफ्नो नाउँको घरमा ओत लाग्ने छोराको रहर पुरा गर्नुछ । कक्षा ५ मा पढ्ने छोरा साजन ठुलो मान्छे भएर बुवाको स्याहार गर्ने रहर छ । तर, उनको आफ्नै बास छैन ।
आफन्त घरमा बर्षौसम्म ओत लागेका उनीहरु अहिले घरबास विहिन छन् । सहयोगी ब्यक्ति र संस्थाको सहयोगमा एक थान जग्गा अहिले मिलेको छ । तर, त्यो जग्गामा घर बनाउने पैसा अझै जुटेको छैन् । वैँसलाल छोराको सहारामा घरदैलो चहार्दै छन् ।
उद्धार, उपकार र सहयोगको प्रतिक्षामा छन् । मानवीय धर्म, मानवीय सहयोग र मानवीय उद्धारको भावना सहित उनको हातमा लालपुर्जा पाउने तमसुक बनेको छ । त्यहि जग्गामा ओत लाग्ने छानो हाल्ने वैंसलालको रहर छ ।
वैँसलालको रहर पुरा गराउने धेरै मनकारी ब्यक्तिहरु लागि परेका छन् । आर्थिक सहयोग जुटाउने, वैंसलालको घरको छानो हाल्ने कार्यमा धेरै जना जुटेका छन् । छोरा साजनको रहर मात्रै होइन, बुढेसालमा आफ्नै भूमिमा शान्तिको स्वास फेर्ने वैंसलालको चाहना पनि छ । ७ असार, २०८३ सालको अर्थ वीट साप्ताहिकमा प्रकाशित सम्पादकीय




