६ असार, पर्वत । जिल्लाको चित्रेको एउटा परिवार बर्षौ देखि पिडा, अभाव र गरिबीबाट गुज्रीरहेको छ । ५५ बर्षिय बैशलाल कामी जन्मजात अपाङग हुन् । उमेर ढल्दै गएपछि उनलाई हिडडुल गर्न गाह्रो परेको छ । उनको साथमा छन् । १० बर्षका छोरा साजन सुनार र ८० बर्षकी आमा मनकली विक । आफैमा अशक्त बैशलाललाई छोराको मात्रै होइन आमाको स्याहार सुसारको पनि पिर छ । अर्काको घरमा बसीरहेका उनी सुकुम्बासी हुन् । उनको नाउँमा कुनै जग्गा छैन् ।
पर्वत न्यूज अनलाईनमा यस अघि प्रकाशित भिडियोकोबाट धेरै संस्था र ब्यक्तिले बैशलालको परिवारलाई सहयोग १ लाख ६० हजार मूल्यको जग्गा किनिदिएका छन । जग्गा पाएपछि हर्षले आँशु झारेका बैशलाल अहिले त्यहि जग्गामा घर बनाउन सहयोग खोज्दै हिडेका छन् । शुक्रबार उनी मोदी गाउँपालिकाको कार्यालयमा भेटिए । कक्षा ५ मा पढ्ने छोरालाई सहारा बनाउँदै हिडेका बैशलालले गाउँपालिकाबाट केहि सहयोग भए घर बनाउने आशा बोकेका छन् । गाउँपालिकाका पदाधिकारीसंग उनले सहयोगको हात फैलाए ।
रा तीन वर्षको हुँदा श्रीमतीले बैशलाललाई छोडेर अर्को बिहे गरेकी छिन् । उनको न बस्ने बास, न खाने गाँस, न जग्गा जमिन नै छ । दैवको यस्तो नियति भोग्दै आएका छन् पर्वतको मोदी गाउँपालिका वडा नं. ८ चित्रे गाउँका दश वर्षीय साजन सुनारले । घर नजिकैको सामुदायिक विद्यालयमा कक्षा पाँचमा अध्ययन गर्दै आएका साजनका बाबु ५५ वर्षीय बैशलाल कामी पूर्ण अपाङ्ग छन । उहाँ घर बाहिर हिँडडुल गर्न त परै जाओस दिशा पिसाब समेत बसेकै ठाउँमा गराउनुपर्छ । कहाँ के गर्ने, के खाने, कता जाने, कहाँ सुत्ने उनको केही ठेगान हुँदैन ।
आर्थिक अभाव र अस्पताल लैजाने सहयोगी निकाय नहुँदा उहाँ थलिदै जानुभएको छ । बाबुबाजेले पुरै घरजग्गा बिक्री गरेपछि सहाराबिहीन बनेको परिवार वैशलालका मामाको घरमा साँघुरो कोठामा आश्रय लिएर बसेको छ ।
नयाँ ठाउँमा जग्गा खरिद भएपछि उनले त्यहि ठाउँमा घर बनाउने आशा बोकेका छन् । छोरालाई पढाइदिने धेरैले प्रस्ताव गरे पनि उनले छोरा साथमा नहुँदा आफ्नो साहारा नै खोसिने भन्दै त्यो प्रस्ताव स्विकार गरेनन् । छोरालाई छुटाउँदा आफ्नो सहारा खोसिने उनको डर छ । ‘एक गिलास पानी खान दिने यहि छोरा छ ।’ गहभरी आँशू झार्दै उनले भन्छन–‘छोरा भएन भने घरबाट निस्कन पनि सक्दिन । ’ वैशलालको अवस्था देखेपछि जापनमा बस्ने पर्वतेलीहरुले रकम उठाएर पठाएका छन् ।
कुश्मामा रहेका युवाहरुले समेत उनलाई अहिले सहयोग गरेका छन् । सहयोग प्राप्त भएपछि उनीसंग अहिले जग्गाको तमसुक हातमा छ । त्यहि जग्गामा घर बनाउन पाए आफ्नो घरमा बस्ने छोराको रहर भएको उनी सुनाउँछन् ।





