Print

पर्वतमा ८ बर्षमा २१ वटा मोटरेवल पुल निर्माण (नामावली सहित)


२ फागुन, पर्वत । जिल्लामा विगते ८ बर्षमा २१ वटा मोटरेवल पुलहरुको निर्माण कार्य सम्पन्न भउको छ । २०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको पहिलो संसदीय निर्वाचन तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा पर्वत जिल्लामा कुल २१ वटा मोटरेवल पुलहरुको निर्माण कार्य सकिएको छ । सडक सञ्जालमा बृहत्तर परिर्वतनको महशुस गरेका पर्वतबासीले यो अवधिमा निर्माण सम्पन्न भएको लोकमार्गहरु तथा स्थानीय ग्रामीण सडकका पुलहरुका कारण सडक सञ्जाल बाह्ै महिना सञ्चालन हुन पाएका छन् । कुल २१० किलोमिटर ग्रामीण सडकहरुमा कालोपत्रे भएको पर्वत जिल्लामा मध्यपहाडी लोकमार्गमा २ वटा, कालीगण्डकी करिडोरमा ३ वटा गरी ग्रामीण सडकहरु सहित कुल २१ वटा मोटेरेवल पुलहरुको निर्माण कार्य भएको हो ।

संसदीय निर्वाचनसंगै प्रदेश तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा विकासमा समिक्षामा भौतिक पूर्वाधार तर्फ पर्वत जिल्लामा उल्लेखनीय प्रगति भएको देखिन्छ । मुख्य गरी कालीगण्डकी नदी र मोदी खोला पर्वत जिल्लाका २ ठुला नदीहरु रहेका छन् । ति नदीहरुमा लामा पुलहरु निर्माण भएको छन् भने ग्रामीण क्षेत्रमा रहेका साना खोलाहरुमा छोटो दुरीका पुलहरुको निर्माण भएका छन् । निर्माण सम्पन्न भएका पुलहरुमा सडक सञ्चालन नियमित रुपमा भईरहेको छ ।

यसै गरी जिल्लामा अझै आधा दर्जन मोटरेवल पुलहरुको माग भएको देखिन्छ । ति पुलहरुको डिपिआर तयार भए पनि बजेटको भने सुनिश्चित भईसकेको छैन् । मोदीखोलामा गाडतारा, आम्बोट तथा झाप्रेबगरमा मोटरवेल पुलको सम्भाब्यता अध्ययन सकिएको छ । भने कल्लेरी घाट तथा बगरफाँटमा गरी २ स्थानमा कालीगण्डकी नदीमा मोटरेवल पुलको निर्माण कार्यका लागि योजना सुनिश्चत हुन बाँकी रहेको छ ।

  • निर्माण सम्पन्न भएका पुलहरुको विवरण
  • मोदीवेणी स्थित मोदीखोला मोटरेवल पुल
  • भुकताङलेको झिलिबराङमा भुरुङदीखोला मोटरेवल पुल
  • तिलाहारको रतीखोलामा मोटरेवेल पुल
  • दुर्लुङ र बाजुङ जोडने आम्बोटे खोला मोटरेवल पुल
  • जहरे दोविल्ला मोटरेवल पुल
  • पकुवा आर्थर जोड्ने जहरेखोला गंगटेपुल
  • नयाँपुल सेराबेसी मोटरेवल पुल
  • मर्दि खोलामा मोटरेवल पुल
  • सेतीखोला मोटरेवल पुल
  • रिठेखोला मोटरेवल पुल
  • गेडीखोला मोटरेवल पुल
  • चिर्दीखोला मोटरेवल पुल
  • सिब्दीखोला मोटरेवल पुल
  • पैयू ६ सरौखोला स्थित छत्तिसेघाट मोटरेवेल पुल
  • फलेवास–जैमिनिघाट(कालीगण्डकी) मोटरेवल पुल
  • देविस्थान कुर्घा जोड्ने लमायखोला मोटरेवल सम्पन्न
  • अगुवा खोला (महाशिला १ पैयू ६ जोड्ने) मोटरेवल पुल
  • रानीपानी इमिचौर देखि गुल्मी पूर्तिघाट जोड्ने सडक सम्पन्न भएको
  • मोदी १ स्थित भुक देखि कास्की अन्नपूर्ण गापा जोडने भुरुङदी खोला पुल
  • मध्यपहाडी राजमार्ग अन्तरगत तमादीखोला मोटरेवल पुल
  • बगरफाँट वेनी जोड्ने कालीगण्डकी नदीमा ट्रस्ट ब्रिज