Print

एमाले महाधिवेशन प्रतिनिधि चयन :पर्वतमा मंसिर १० गते मनाेनयन दर्ता

३ मंसीर, पर्वत । नेकपा (एमाले) पर्वतले आगामी मंसीर २७ गते हुने पाटिकाे राष्ट्रिय महाधिवेशनकाे लागि प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाएकाे छ ।

एमाले जिल्ला सचिव सुवासचन्द्र पाैडेलका अनुसार प्रतिनिधि चयनका लागि आगामी मंसीर १० गते मनाेनयन दर्ता हुनेछ । मंसीर १३ गते मतदान हुने उक्त छनाैट प्रक्रियाकाे लागि मंसीर ३ गते नामावली प्रकाशन गरिएकाे छ ।

मंसीर ७ गते अन्तिम नामावली प्रकाशन गरी एमालेले निर्वाचन प्रक्रिया अगाडि बढाउने भएकाे छ । पाटिकाे एघाराैं महाधिवेशनका लागि पर्वतबाट विभिन्न क्षेत्रका गरि १३ जना प्रतिनिधिहरु सहभागी हुदैछन ।