३ मंसीर, पर्वत । नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले नियमित महाधिवेशन तत्कालै गर्नुपर्ने निर्णय गरेको छ । मंसीर १ गते जिल्ला पाटी कार्यालय पर्वतमा बसेको जिल्ला कार्य समितिको वैठकले नियमित महाधिवेशन फागुन २१ गते अगावै गर्नुपर्ने निर्णय गरेको हो ।
पाटी सभापति युवराज जोशीको अध्यक्षतामा बसेको वैठकले २०८२ साल फागुन २१ गते हुने निर्वाचन अगाडि नै नियमित महाधिवेशन गर्दा उपयुक्त हुने सुझाब केन्द्रमा पठाउने निर्णय गरेको पाटी सचिव गुप्तनीति शर्माले जानकारी दिनुभएकोछ ।
पाटी जिल्ला कमिटिले १५ औं अधिवेशनले पाटीकमो नीतिगत निर्देशअनुसार संगनात्मक पुर्नसंरचनालाई अत्यावश्यक ठहर गर्दै पाटी नयाँ नेतृत्व चयन तथा संगठन सुदृढिकरण गर्नुपर्ने निश्कर्ष समेत निकालेको छ ।
पर्वत कांग्रेसले भदौ २३ र २४ गतेको आन्दोलनबाट क्षतिग्रस्त भवनको पुर्ननिर्माण तथा मर्मत सम्बन्धि प्रगतिको समेत समिक्षा गरेको छ ।
वैठकले वडा, पातिलका र प्रदशेबाट आएका क्रियाशिल सदस्यताको सुचिलाई अन्तिम टुंगो लगाई केन्द्रिय कार्यालयमा पठाउने समेत निर्णय गरेको सचिव शर्माले जानकारी दिनुभयो । वैठकले लेबी नबुझाएका जनप्रतिनिधिहरुको सदस्यता नविकरण रोक्का गर्ने समेत निर्णय गरेको छ ।
कांग्रेसको महाधिवेशनको विषय निश्कर्ष विहिन हुँदा पर्वतका कांग्रेस नेताहरु समेत विभिन्न धुव्रमा बाँडिएका छन् । देउवा निकट मानिने नेताहरुले निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने तर्क गरीरहेका छन् भने गगन निकट समूह भने निर्वाचन पूर्व नै महाधिवेशन हुनुपर्ने माग राखिरहेका छन् ।
उता, शेखर पक्षले भने पुस मसान्तभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्छ भन्ने तर्क अघि सारेका छन् । केहि दिन अघि केन्द्रिय सदस्य समेत रहेका पर्वतका कांग्रेस नेता अर्जुन जोशीले अर्लि महाधिवेशनको पक्षमा पाटी सभापतिको ध्यानाकर्षण गराउनुभएको थियो ।
यहि वीचमा पर्वत कांग्रेसका नेता यामबहादुर मल्लले नियमित महाधिवेशनको पक्षमा भएको भेलालाई सम्बोधन गर्नुभएको थियो ।




