Print

मंसीर ३ गते मोदी गाउँपालिकाले दियो स्थानीय विदा


२ मंसीर, पर्वत ।
जिल्लाको मोदी गाउँपालिकाले मंसीर ३ गतेका लागि स्थानीय विदा दिएको छ । गाउँपालिका अध्यक्ष हिरादेवी शर्माद्धारा जारी गरिएको सार्वजनिक सुचना बमोजीम मंसीर ३ गतेका लागि गाउँपालिकाले स्थानीय विदा दिएको हो ।

गाउँपालिकाले सद्वीज छर्ने दिनलाई स्थानीय संस्कृति संरक्षण गर्ने प्रयोजनका लागि उक्त विदा दिएको हो । गाउँपालिकाले उक्त दिन अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु, शैक्षिक संस्थाहरु वन्द हुने् गरी स्थानीय विदाको घोषणा गरेको छ।

सद्वीज छर्ने दिन आफ्ना दिवंगत भएका पितृहरुको स्मरणमा हिन्दु धर्मावलम्बीहरुले पवित्र धार्मिक स्थलहरुमा गएर सतवीज छर्ने गर्दछन् । उक्त दिन मोदी गाउँपालिकामा पर्ने पञ्चासे क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ ।

उक्त स्थानमा हजारौको संख्यामा भेला भएका दर्शनार्थीहरुले पञ्चासे क्षेत्रमा सतबीज छर्ने गर्दछन् । पवित्र स्थानको रुपमा पुजन हुने पर्वत जिल्लाको गुप्तेश्वर, शालिग्राम क्षेत्रहरुमा समेत उक्त दिन दर्शनार्थीहरुको बाक्लो उपस्थिती हुने गर्दछ ।