१७ कार्तिक, पर्वत । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रादेशिक अस्पताल पर्वतको छ्डके निरिक्षण गर्नुभएको छ । सोमबार मन्त्री पाठकले अस्पतालको ब्यवस्थापनको विषयमा छ्डने निरिक्षण गर्नुभएको हो । दिउँसो ३ बजेको समयमा अस्पताल प्रवेश गर्नुभएका मन्त्री पाठकले अस्पतालको फार्मेसी, ओपिडि, इमेरेन्जी तथा वार्डहरुको निरिक्षण गर्नुभएको हो ।
मन्त्री पाठकले अस्पतालमा आएका विरामीहरुसंग सम्बाद गर्दै अस्पतालमा भोग्नु परेका परेका विरामीहरुका समस्याहरु उपचारको समय तथा ल्याव सेवाको प्रभावकारीताको विषयमा सोधखोज गर्नुभएको थियो । अस्पताल परिसरमा अकस्मात पुग्नु भएका मन्त्री पाठकले अस्पतालमा कार्यरत कर्मचारीहरुलाई सेवा प्रवाहलाई तुस्तदुरुस्त बनाउन निर्देशन दिनुभएको थियो । अस्पतालका कार्यरत कर्मचारीहरु तथा विशेषज्ञ डाक्टरहरुले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड थियो ।
अस्पतालमा पाइने निशुल्क औषधिहरु अस्पतालमा उपलब्ध भए नभएको विषयमा चासो ब्यक्त गर्नुभएका मन्त्री पाठकले औषधिको कमी नहुने गरी खरिद प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिनुभयो । मन्त्रालयको तर्फबाट आवश्यक जनशक्ति पठाउने काम आफूले गरेको भन्दै जनशक्तिको अभाव अस्पतालमा नभएको मन्त्री पाठकले सो अवसरमा बताउनुभएको थियो ।
निरिक्षणमा आइपुग्नुभएका मन्त्री पाठकलाई अस्पतालमा कार्यरत कर्मचारीहरुले तत्कालै एम्बुलेन्स सेवा, औषधि खरिद तथा अन्य विषयमा जानकारी समेत गराएका थिए ।




