२४ साउन, पर्वत । पर्वतमा एकतीस सामुदायीक विद्यालयमा शुन्य विध्यार्थी संख्या रहेको छ । विद्यार्थी संख्या शुन्य भईसक्दा पनि विद्यालयहरु समायोजन गरीएका छैनन । जिल्लामा सात स्थानीय तहमा दुई सय ७२ सामुदायीक विद्यालय रहेकोमा ३१ विद्यालय विद्यार्थी विहीन भएका हुन । शुन्य विद्यार्थी हुनेमा अधिकाँश आधारभुत विद्यालय रहेका हुन भने एक मावि समेत शुन्य विद्यार्थी रहेको हो । जिल्ला शिक्षा समन्वयईकाइ पर्वतले दिएको जानकारी अनुसार विहादी गाउँ पालिकामा दुई सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या शुन्य रहेको छ ।
मोदी गाउँ पालिकामा नौ विद्यालयमा विद्यार्थी संख्या शुन्य पुगेको हो । यसै गरी फलेवास नगर पालिकामा ६ वडा सामुदायीक विद्यालयमा विद्यार्थी संख्या शुन्य पुगेको हो भने कुश्मा नगर पालिकामा विद्यार्थी संख्या शुन्य भएका ८ सामुदायी विद्यालय रहेका छन। यस्तै जलजला गाउँ पालिकामा ४ सामुदायी विद्यालयमा विद्यार्थी शुन्य रहेका छन ।
पैयुँ गाउँ पालिकाका दुई सामुदायीक विद्यालयमा विद्यार्थी संख्या शुन्य रहेको हो । एक मावि विद्यालय सहीत ३१ सामुदायीक विद्यालयमा विद्यार्थी संख्या शुन्य रहेको शिक्षा समन्वय ईकाई प्रमुख मोती लाल चपागाईले बताए ।
शुन्य विद्यार्थी संख्या हुँदा पनि सञ्चालनमै रहने विद्यालयमाहरुमा कुश्मा नगर पालिकामा हरा चौर प्रावि चुवा , जनजाग्रीती प्रावि ,जन कल्याण प्रावि , मराङसिँङ प्रावि चुवा , शहीद शुक्र प्रावि ठुलीपोखरी , धौलागिरी प्रावि ,जनता प्रावि रहेका छन , यस्तै जलजला गाउँ पालिकामा शुन्य विद्यार्थी हुने विद्यालयहरु जन चेतना प्रावि शालिजा , सर्वोदय आ वि शालिजा , स्वस्वती आवि धाईरीङ रहेका हुन ।
यसै गरी फलेवास नगर पालिकामा शुन्य विद्यार्थी हुनेमा वाल प्रावि , धुर्व नमुना मावि , सुर्योदय प्रावि , जनता प्रावि लिमिठाना , तिनधारे प्रावि मनकामना प्रावि बेतेयनी प्रावि , देउराली प्राविमा रहेका छन ।
यसै गरी पैयुँ गाउँपालिकामा शुन्य विद्यार्थी हुनेमा वाल नयन प्रावि , वाल ज्योती प्रावि , हुन । मोदी गाउँ पालिकामा शुन्य विद्यार्थी हुनेमा शिद्ध आवि ,कृष्ण आवि , जन प्रकास आवि , हरि आवि ,सरस्वती आवि , वालकल्याण प्रावि , भुमे आवि , लक्ष्मी आवि , दुर्गाभवानी आवि , शिद्धबराह आवि सञ्चालनमा छन ।
विहादी गाउँपालिकामा, जन सेवा प्रावि वहाकी ठाँटी ,वाल जोती प्रावि विहादीमा विद्यार्थी नभएको जिल्ला शिक्षा समन्वय ईकाई पर्वतले जनाएको छ ।
यसरी विद्यार्थी नै भएका विद्यालयको संख्या ३१ पुगीसक्दा पनि पर्वतका स्थानीय सरकारहरुले विद्यालय समायोजन गराउन भने गर्न सकेका छैनन । शिक्षकहरुलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलव सुविधा दिलाउने गरको हुन । राज्यको बजेटको दुरुपयोग हुने भएपनि बाध्यतामा परेर शिक्षकहरु राख्नु परेको फलेवास नगर पालिका वडा २ थापथानाका वडा अध्यक्ष गंगानारायण श्रेष्ठले बताए ।
अहीले विद्यार्थी नभए पनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजना नगरीएको स्थानीय सरकारहरुले बताउँदै आएका छन । शिक्षकहरुलाई सरुवा गर्नुको सटटा रित्ता विद्यालय रुँगाएर जन प्रतिनिधीहरुले राजनीतीक संरक्षण गरीरहेका हुन ।
करार शिक्षक राहत शिक्षक र कार्यलय सहयोगीको जागीर जाने भएका कारण पनि कतीपय विद्यालय समायोजन नगरीकन राखीएका छन । पत्रकार महेन्द्र जिसीले लेख्नुभएको समाचार साभार गरिएको छ ।




