Print

यी हुन शहरी विकास मन्त्रालयबाट पर्वतका लागि विनियोजन ५४ योजना (लिष्ट सहित)

३ असार, पर्वत । आगामी आर्थिक बर्षका लागि संघीय सरकार शहरी विकास मन्त्रालयबाट पर्वत जिल्लाका लागि कुल ५४ वटा योजनाहरु विनियोजन भएका छन् । संघीय सरकारले मातहतको कार्यालय र स्थानीय तहबाट कार्यान्वयन हुने गरी कुल ५४ योजनामा बजेट विनियोजन गरेको छ ।

यसैगरी निर्माणधिन अवस्थामा रहेको पातिचौर क्याङ सडक, निर्माण सम्पन्न भएको मैदान लप्सीबोट सडक, निर्माणधिन हुवास लुंखु सडक निर्माण सम्पन्न लुखु मुडिकुवा सडक, अर्मादी वनौ सडकको लागि पनि क्रमागत रकम विनियोजन भएको छ ।

संघीय सरकारले आगामी आर्थिक बर्षका लागि विनियोजन रकममा साना र टुक्रे आयोजनाको संख्या भने धेरै देखिन्छ । ३ देखि ४ वटासम्म योजनाको नाम उल्लेख गरेर मन्त्रालयले एउटै शीर्षकमा ३ करोड सम्म विनियोजन गरेको छ । यसरी विनियोजन गरेको रकम कार्यान्वयनमा भने समस्या पर्ने देखिन्छ ।

बाँकी रकम कुश्मा र फलेवास नगरपालिकामा धेरै विनियोजन भएको छ । जिल्लाका अन्य पालिकाहरुमा भने थोरै योजनाहरुमा मात्र रकम विनियोजन भएको देखिन्छ ।