Print

कुश्मा नगरस्तरीय वक्तृत्वकला प्रतियोगीता हुँदै


२५ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिकामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगीता हुने भएको छ । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको सहयोग पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा सञ्चालन भईरहेको लागू पदार्थ दुब्र्यसनी न्यूनिकरण कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिकामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगीता हुने भएको हो ।

सदरमुकाम कुश्मा बजारस्थित नमुना आवासीय माध्यमिक विद्यालयमा आयोजना हुने प्रतियोगीतामा नगरभित्रका माध्यमिक तहका विद्यालयका विद्यार्थीहरु सहभागी हुनसक्नेछन् । जि एण्ड जि मिडिया प्रा.लिले आयोजना गरेको वक्तृत्वकला प्रतियोगीतामा गण्डकी प्रदेशको चाहना लागू पदार्थ रहित समाजको संकल्प भन्ने विषय राखिएको छ । पछिल्लो समयमा बढ्दै गईरहेको लागू पदार्थ दुब्र्यसनीलाई न्यूनिकरण गर्नका लागि प्रतियोगीताको आयोजना गरिएको हो ।

प्रतियोगीतामा सहभागीताका लागि नगरभित्रका सामुदायिक तथा नीजि विद्यालयहरुलाई आब्हान गरिएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगीतामा कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुनसक्नेछन् । प्रतियोगीतामा प्रथम हुनेले ४ हजार नगद पुरस्कार प्राप्त गर्नेछन भने द्धितिय हुनेले ३ हजार, तृतिय हुनेले २ हजार र सान्तवना हुनेले १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगीता आगामी २७ गते शनिवार आयोजना गरिएको छ ।