Print

नदीले बगाएको महिलाको शव भेटियो


१ वैशाख, पर्वत । कालीगण्डकी नदीमा स्नान गर्न गएकी महिलालाई नदीले बगाएको छ । नदीले बगाएकी महिलाको शव अपहन्न फेला परेको प्रहरीले जनाएको छ । कालीगण्डकी नदीमा स्नान गर्न कुश्मा ५ स्थित मोदीवेणीघाटमा पुगेकी ३८ बर्षिया महिलालाई नदीले बगाएको थियो ।

नदीमा स्नान गर्न गएकी महाशिला गाउँपालिका वडा न ५ घर भई हाल पोखरामा बस्दै आएकी ३८ बर्षिया विष्णु पन्तलाई नदीले बगाएको थियो ।

विहान ९ बजेको समयमा नदीले बगाएपछि उनको खोजी तिब्र पारिएको थियो । प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार पन्तको शव बागलुङ जिल्लाको जैमिनी नगरपालिका बिनामारे स्थित निरिंगे घाटमा शव फेला परेको हो ।

शवलाई पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङ लगिएको छ ।