Print

गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा भोलि गरिदै

२३ चैत, कास्की । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोमविराट ज्ञान महायज्ञको संकल्प सभा भोलि गरिने भएको छ ।

आन्तरिक तयारी करिव अन्तिम चरणमा पुगेसंगै आइतबार संकल्पसभा गर्न लागिएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयश्रीकृष्ण मूर्ती जीमहाराजले जानकारी दिएका छन् । भोलि बिहान ठीक १ बजे संकल्प पत्र वाचन गर्न ेकार्यक्रम रहेको छ ।

त्यस्तै भोलि नै मूल आयोजक समिति गठन,संञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम कोटिहोम आयोजक समितिको बैठक लगायतको विषयमापनि छलफल गर्नेकार्यक्रम रहेको छ ।