१९ चैत, पर्वत । जिल्ला खेलकुद विकास समिति, पर्वतको अध्यक्षमा जंगबहादुर पुन(बुद्ध) नियुक्त हुनुभएको छ । समितिको उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन र कोषाध्यक्षमा जगत लामिछाने नियुक्त हुनुभएको हो ।
गण्डकी प्रदेश सरकारका सामजीक विकास, युवा तथा खेलकुद
मन्त्री माननीय विन्दु कुमार थापाको उपस्थितिमा खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले सपथ ग्रहण गराउनु भएको थियो ।
सत्ता साझेदार नेकपा(एमाले) र नेपाली कांग्रेसको सहमति अनुसार पर्वतमा खेलकुद विकास समितिको अध्यक्ष र कोषाध्यक्ष पद एमालेको भागमा परेको थियो भने उपाध्यक्ष र सचिव पद कांग्रेसको भागमा परेको थियो ।