१० फागुन, पर्वत । कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा बाँदरको आक्रमणबाट ८४ वर्षीय बृदृ महिला घाइते हुनुभएको छ। घरमा आराम गरिरहेको अवस्थामा अचानक बाँदरको हुल करेसा बारिमा प्रवेश गरेपछि धपाउन जाने क्रममा हुलले आक्रमण गर्दा बृद्ध घाइते हुनुभएको हो ।

बाँदरको आक्रमणबाट घाइते ८४ बर्षिया नन्दकला रखाल
शुक्रबार दिउँसो घाईते भएकी बृद्दा नन्दकला रखालको जिल्ला अस्पताल पर्वतमा उपचार भई घर फर्किनुभएको उहाँका छोरा प्रकाश सुवेदीले वताउनुभयो। बाँदरको हुलले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट पुगेको र उपचारका क्रममा ५ वटा टाँका लगाउनुपरेको उहाँले वताउनुभयो ।
पछिल्लो समय पिपलटारीमा बाँदरको आतंक वढिरहेको र बाँदरको हुलले फलफुल,तरकारी , हिँउदे वाली नष्ट गर्ने मात्र होइन पशु चौपायलाई समेत आक्रमण गर्ने गरेको स्थानीय कृषक पदम प्रसाद पौडेलले बताउनुभयो । बाँदर नियन्त्रणमा स्थानीय सरकारले तत्कालै पहल कदमी नलिने हो भने घरवारी नै बाँदरलाई सुम्पिएर विस्थापित वन्नुपर्ने दिन अब धेरै टाढा नभएको पौडेलले वताउनुभयो । – गणेश पौडेल




