१ फागुन, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाएको आरोपमा २ जना युवालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नं १४ बगाल थोक स्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी भएको घटनामा खोजतलास गर्दा प्रहरीले २ युवालाई पक्राउ गरेको हो ।

कुश्मा १४ आर्थर बस्ने २६ बर्षका सुवास पौडेल र ३१ बर्षको रमेश पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
वन जंगलमा आगो लगाउनेलाई कानुननः बढिमा ३ बर्षसम्म कैद र बढिमा ६० हजारसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान रहेको छ । प्रहरीले कसैले वन जंगलमा आगोलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ । गत बर्ष मात्रै पर्वतका अधिकांश जंगलहरुमा विषण आगलागी भएको थियो ।
सुख्खा हिउँदयामको शुरुवात भएसंगै आगलागीका घटनाहरुमा बृद्धि हुने गरेको छ । डिभिजन वन कार्यालयले यस्तो घटनालाई न्यूनिकरण गर्न समुदाय नै सचेत रहनुपर्ने जनाएको छ ।




