३० माघ, पर्वत । एमाले सचिव तथा पूर्व मन्त्री पदमा अर्यालले सामाजिक सञ्जाल नियमन ऐनलाई नियन्त्रण ऐन भनेर प्रचार गरिएको दाबी गरिन् ।
मंगलबार पर्वतको कुश्मा बजारमा आयोजीत प्रेस चौतारी नेपालको सातौं जिल्ला अधिवेशनको उद्घाटन शत्रमा बोल्दै अर्यालले सरकारले सामाजिक सञ्जालको नियमनको लागि अध्यादेश मार्फत ऐन ल्याएको दाबी गरेकी हुन् । पूर्व मन्त्री अर्यालले सामाजिक सञ्जाल नियन्त्रण सरकारले गर्न नलाएको भन्दै नियमन भने जरुरी रहेको बताईन ।
उनले अराजकताले देशलाई बर्बादीमा लैजाने भन्दै यसको नियमनको लागि ऐन आवश्यक रहेको समेत बताईन् । सामाजिक सञ्जालमा विना आधारका कुराहरु लेखेर भ्रम छर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पूर्व मन्त्री अर्यालको भनाई थियो ।
कार्यक्रममा बोल्दै उनले देशमा पछिल्लो समय अराजकताले प्रश्रय भएको समेत बताईन ।