२० माघ, पर्वत । नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति, पर्वतको १२ औं जिल्ला अधिवेशनबाट सर्वसम्मतरूपमा निर्वाचित अध्यक्ष दिपक सुवेदीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।
समिितको उपाध्यक्ष सन्तोष विक, महिला उपाध्यक्षमा पुण्य कुमारी शर्मा, सचिवमा सन्तोष थापा, सह–सचिवमा दिपेन्द्र गौतम, कोषाध्यक्षमा गणेश आचार्य चयन भएका छन् ।
यसैगरी अधिवेशनले सदस्यहरुमा मुना आचार्य, दिपक बहादुर श्रीस, प्रकाशन परियार, भरत सापकोटा, विवेक पौडेल, तोयानाथ शर्मा, रत्मणी सुवेदी, नारायण प्रसाद लामिछाने, मदन कुमार श्रेष्ठ र राजेश पोख्रेललाई चयन गरेको छ । लेखा आयोग संयोजकमा यमनाथ पौडेल र सदस्यमा कमल पौडेल र राजेन्द सुवेदी चयन भएका छन् ।
केन्द्रिय प्रतिनिधि तर्फ अम्बिका उपाध्याय, बालकृष्ण शर्मा, पारेश्वर शर्मा, सुनिल थापा र धनबहादुर कुँवर चयन भएका छन् ।
प्रदेश प्रतितिधि तर्फ पविता वलि, दिनेश शर्मा, रामेश शर्मा पौडेल, सुदिप पुन, बालकृष्ण शर्मा विनोद भुषाल र पारश्वर शर्मा चयन भएका छन् ।