Print

कुश्मामा पहिलोपल्ट गुन्जियो ‘डिमोर्चा’


२० माघ, पर्वत ।
‘…गाउँघरमा तिम्रो हाम्रो हल्ला चल्याको कुरा हो, झयाम्म झयाम्म..’ गायक भाष्कध्वज श्रेष्ठले स्टेजमा यो गीत गाउँदा दर्शक दिर्घामा रोमाञ्चक वातावरण छाएको थियो ।

झण्डै साढे २ दशक अघि रेकर्ड गरिएको झयाम्म् झयाम्म् गीत कुश्मामा जारी खेलकुद महोत्सवमा प्रस्तुत भएको थियो । पप संगीतसंगै ३ दशक अघि ¥यापसंगीत शुरु गरेको डिमोर्चा ब्यान्डले पर्वतमा पहिलो पल्ट प्रस्तुती राखेको हो । कुश्मामा जारी प्रदेश स्तरीय खेलकुद महोत्सवमा डिमोर्चा ब्यान्डले शनिवार आफ्नो प्रस्तुती राखेको थियो ।

कुश्मामै पहिलो पल्ट सांगेतिक प्रस्तुती राखेको उक्त समूहले राती अबेरसम्म दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । २०५२ सालमा स्थापना भएको डिमोर्चाले ¥याप प्याटनका गीतहरु गाउँदै आइरहेको छ । डिमोर्चाले २०५५ सालमा आफ्नो पहिलो एल्बम ‘खैलाबैला’ मार्फत राम्रै खैलाबैला मच्चाएको थियो । कुश्माको बडागाउँ खेलमैदानमा जारी महोत्सवमा डिमोर्चाले झ्याम्म झ्याम्म, खैलाबैला भो, तारा खसौली, यो डल्लीले, जन्मायौ प्रभु लगाएतका गीतहरु प्रस्तुत गरेका थिए ।

मुख्य भोकलिस्ट भाष्करध्वज श्रेष्ठ सहितको टिमले प्रस्तुत गरेको कन्सर्टले महोत्सवको रौनक नै बदलेको थियो । महोत्सव आगामी माघ २४ गतेसम्म सञ्चालन हुन्छ ।