१ मंसीर, पर्वत । जिल्लाकोे जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीलाईले मानार्थ डक्टर उपाधि पाएका छन् ।
इन्डो नेपाल रिलेसनसीप एन्ड पिस फाउन्डेसनको आयोजनामा पोखरामा बुधवार भएको कार्यक्रममा आचार्य र तिवारीलाई यो उपाधि प्रदान गरिएको हो । फाउन्डेसनले अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार, २०२४ अन्तर्गत सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै यो सम्मान गरेको हो ।
आचार्यले विभिन्न समयका प्राकृतिक विपत्तिहरूमा प्रभावितहरूलाई राहत तथा पुनः स्थापनाका सामग्रीहरू वितरण गर्दै आइरहेका छन् । २०६८ सालमा धाईरिङको कृष्ण भवन धर्म माध्यमिक विद्यालयको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका उनले लगातार दुई कार्यकाल पूरा गरे ।
उनी २०७८ सालमा समाजवादी अध्ययन प्रतिष्ठान पर्वतको संयोजक, २०६७ सालबाट दुई कार्यकाल नेपाली काङ्ग्रेस धाइरिङको वडा सभापति, २०७८ सालमा नेपाली काङ्ग्रेस पर्वतको जिल्ला कार्यसमिति सदस्य, २०७६ सालमा जलजला कृषि बजारको अध्यक्ष तथा लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । उनी २०७९ सालमा भएको स्थानीय तहको दोस्रो निर्वाचनबाट जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।
आचार्य जस्तै सामाजिक सेवामा योगदान गरेबापत पर्वतकै फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले पनि मानार्थ डा. उपाधि प्राप्त गरेका छन् । उनलाई पनि इन्डो नेपाल रिलेसनसीप एन्ड पिस फाउन्डेसनले यो उपाधि दिएको हो । तिवारी पनि लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशि छन् ।
माओवादीको शसस्त्र आन्दोलनमा बुवा गुमाए पछि उनले आफ्नो बुवाको नाउँमा शहिद स्मृति प्रष्ठिान स्थापना गरी प्रतिष्ठान मार्फत सामाजिक कार्यमा योगदान पुराउदै आएका छन् ।