११ असोज, पर्वत । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली मा आत्मसमर्पण गरेका गरेका छन् । भारत स्थित नेपाली राजदुत मार्फत प्रहरी सम्पर्कमा आएका उनलाई बिमानस्थलबाट प्रहरीले नियत्रणमा लिएको छ ।
नेपाल प्रहरीको फरार सुचिमा रहेका उनलाई इन्टरपोलले रेड नोटिस जारी गरेको थियो।
नेपाली निकट श्रोतका अनुसार उनले आत्मसमर्पण हुन् । नेपाली आइतबार बागलुङ जिल्ला अदालतमा नेपाली उपस्थित हुनेछन् । नेपालीलाई इन्टरपोलसँगको समन्वयमा पक्राउ गरिएको र नेपाल ल्याउने तयार भईरहेको प्रहरी श्रोतले बताएको छ ।
एक हजार ४८१ बचतकर्ताको उजुरीका आधारमा प्रहरीले एक अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै सरकारी वकिलको कार्यालयमार्फत ०८० असारमा मेयर नेपालीसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो। यो मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन छ।




