Print

स्वास्थ्य मन्त्री पाठकले पर्वत अस्पतालको प्रशंसा गरे

२६ भदौ पर्वत । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पर्वत अस्पतालको प्रशंसा गरेका छन् । मन्त्रीले अस्पतालको स्थगत निरिक्षण पछि स्वास्थ्य कार्यालयले आयोजना गरेको बार्षिक समिक्षा गोष्ठिमा अस्पतालको प्रशंसा गरेका हुन् ।

प्रदेश मन्त्री पाठकले पर्वत अस्पतालले दिईरहेको सेवाको सम्बन्धमा आफूले स्थलगत निरिक्षण र विरामीहरुसंगको सम्बादका आधारमा अस्पतालले दिइरहेको सेवा प्रभावकारी भएको बताएका हुन् ।

मन्त्री पाठकले भनेका छन् : पर्वत अस्पतालले कम जनशक्ति र उपकरणका बाबाजुद पनि प्रभावकारी ब्यवस्थापनका साथ सेवा दिएकोमा मलाई खुशी लागेको छ ।

उनले पर्वत अस्पताललाई आगामी दिनमा स्तरोउन्नतीका लागि समेत पहल गर्ने बताए । अस्पतालले अहिले १५ शैयाको स्विकृत दरबन्दीमा ६० शैयाको सेवा प्रवाह गर्दै आइरहेको छ ।

अस्पतालले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउन अस्पतालको स्तरोउन्नती आवश्यक रहेको मन्त्री पाठकको भनाई छ ।