Print

४४ बर्षका युवक १ महिना देखि बेपत्ता


१७ भदौ, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ६ तिलाहार स्थित दराक घर भएका एक युवा १ महिना देखि बेपत्ता भएका छन् । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थित आफन्तलाई भेटन भनी घरबाट हिडेका ४४ बर्षिया टपबहादुर क्षेत्री १ महिना देखि सम्पर्क बिहिन भएका हुन् ।

गत साउन १९ गतेदेखि उनी सम्पर्क विहिन छन् । परिवार श्रोतले दिएको जानकारी अनुसार क्षेत्री साउन १९ गतेका दिन अन्तिम पटक कुश्मा ३ दुर्लुङ स्थित डाँडाखेत भन्ने ठाउँमा भेटिएका थिए । सोहि दिन देखि परिवारसंग सम्पर्क विहिन भएका क्षेत्री अहिलेसम्म पनि सम्पर्क विहिन भएका हुन् ।

परिवारको सम्पर्कमा नआएका उनको खोजीका लागि परिवारले जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय तहका जनप्रतिनिधिहरुलाई खबर गरे पनि हालसम्म पनि उनी भेला परेका छैनन् । प्रहरीले खोजी कार्य जारी राखेको जनाएपनि हालसम्म पनि उनको पत्ता लागेको छैन् ।

प्रहरीले खोजी कार्यमा थप चासो नदेखाएको परिवारले आरोप लगाएका छन् । उता, प्रहरीले भने आफ्ना सबै अंगहरु प्रयोग गरेर खोजी गरेको बताउँदै आएको छ ।

एउटा सकुशल मानिस दिउँसै देखि बेपत्ता छ तर प्रहरीले भने अझै पत्ता लगाउन सकेको छैन्, स्थानीय बाबुराम पराजुली भन्छन्–‘प्रहरीको खोजी कार्य भरपर्दो भएन् ।’ उता, प्रहरी नायव उपरिक्षक खुमलाल भुषालले परिवारसंगकै सम्पर्कमा रहेर खोजी कार्य भइरहे पनि क्षेत्रीको अवस्था पहिचान अझै हुन नसकेको बताए ।

क्षत्रीको अवस्था विगत १ महिना देखि अज्ञात रहेको छ । प्रहरी र पारिवारिक श्रोतबाट खोजी कार्य जारी रहे पनि उनको अवस्था पहिचान हुन सकेको छैन् । परिवारले क्षेत्रीको हुँलिया पहिचान हुने कोहि मानिस कतै भेटिएमा परिवार वा नजिकको प्रहरीलाई सम्पर्क गरिदिन आग्रह गरेका छन् ।