७ असार, पर्वत । कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षलाई सम्बृद्ध सुन्दर, कुश्मा नगर बनाउने लक्ष्य अघि सारेको छ । शुक्रबार प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटमा नगरलाई सम्बृद्ध र सुन्दर बनाउने कार्यक्रम अघि सारेको हो । नगर प्रमुख रामचन्द्र जोशीले नीति तथा कार्यक्रम अघि सार्दै नगरले संघ र प्रदेश सरकारसंग सहकार्य गरी नगरको थप विकासका कदमहरु चाल्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन – स्थानीय श्रोत र साधनको प्रभावकारी परिचालन गरी पप्त उपलब्धिको समतामुलक वितरण र वातावरण मैत्री विकासमय केन्द्रित हुँदै सथनीय सरकार सञ्चालन ऐनमा उल्लेखित काम, कर्तब्य र अधिकारका आधारमय नेपाल सरकार र प्रदेश सरकारको चालु आवधिक योजना, कुश्मा नगरपालिकाको दीघकाृलीन सोच रणनैतिक योजना, आवधिक योजना र दिगो विकासका लक्ष्यहरुमा आाधारित भई नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
नगरपालिकाले नीजि क्षेत्रसंग सहकार्य गरी करको दायरा बढाउने, आन्तरीक लेखा परिक्षणलाई प्रभावकारी बनाउने, योजना तथा बजेट ब्यवस्थापन तर्फ वित्तिय प्रगति र लक्ष्य हासिल हुने आयोजनाहरुको छनौट गर्ने नीतिलाई अंगिकार गरेको जोशीले उल्लेख गरेका छन् ।
कृषि, पर्यटन, पशुपालन र पूर्वाधार क्षेत्रको विकास र विस्तारमा नगरपालिकाले सम्पूर्ण ध्यान केन्द्रित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी नगरपालिकाले नगर सभाको ११ औं अधिवेशनमा नगरपालिकाले चालु आर्थिक बर्षका ५१ बटा उपलब्धिहरु सार्वजनिक गरेको छ । नगर उपप्रमुख स्वस्थानी रिजालले चालु बर्षको समिक्षा सहित आगामी बर्षको बजेट प्रस्तुत गर्नुपूर्व नगरपालिकाका ५१ वटा उपलब्धिहरु सार्वजनिक गरेकी छिन् ।
आर्थिक बर्ष २०८१/०८२ को बजेट बक्तब्य मार्फत नगरपालिकाले चालु आर्थिक बर्षका विभिन्न शीर्षकमा ५१ वटा उपलब्धिहरु सार्वजनिक गरेको हो । नगरपालिकाले आगामी बर्षको नीति कार्यक्रम तथा बजेट मार्फत झण्डै ९२ करोडको बजेट समेत सार्वजनिक गरेको छ ।
नगरपालिकाले प्रस्तुत गरेका उपलब्धिहरुमा पूर्वाधार निर्माण तर्फ प्रशासकीय भवन, सडक तर्फ आन्तरकि श्रोतबाट भएको झण्डै ८ सय ३ मिटर सडक, सार्वजनिक जवाफदेहिता प्रवद्र्धनका लागि सार्वजनिक सुनुवाई मार्फत जनताको अभिमत संकलनका कार्यक्रम, वडा कार्यालयहरुका भवन निनर्माण, प्रधानमन्त्री रोजगराका कार्यक्रम मार्फत एकिकृत खेती प्रणालीको माध्यमबाट रैथानै बालीको उत्पादनलाई प्रमुख उपलब्धिको रुपमा लिएको छ ।
यसैगरी नगरपालिकाले विभिन्न साना ठुला २०१ वटा आयोजना सम्पन्न भएको उल्लेख गर्दै ३ हजार ४ सय ३५ मिटर नयाँ सडकको ट्रयाक्क खोलिएको समेत उल्लेख गरिएको छ । यसैगरी नगरपालिकाले १८ सय २० मिटरको खानेपानीको लाइन विस्तार गर ि५३ वटा नयाँ खानेपानीको धारा जडान भएको उल्लेख गर्दै विद्यालयका बाल शिक्षक, विद्यालयका कर्मचारी र कायाृल्य सहयोगीको तलब बृद्धि गरी शैक्षिक क्षेत्रमा सुधारका कामहरु शुरुवात भएको उल्लेख गरिएको छ ।




