७ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाको बर्षे नगर सभा सम्पन्न भएको छ । नगर सभाको ११ औं अधिवेशनमा नगरपालिकाले चालु आर्थिक बर्षका ५१ बटा उपलब्धिहरु सार्वजनिक गरेको छ । नगर उपप्रमुख स्वस्थानी रिजालले चालु बर्षको समिक्षा सहित आगामी बर्षको बजेट प्रस्तुत गर्नुपूर्व नगरपालिकाका ५१ वटा उपलब्धिहरु सार्वजनिक गरेकी छिन् ।
आर्थिक बर्ष २०८१/०८२ को बजेट बक्तब्य मार्फत नगरपालिकाले चालु आर्थिक बर्षका विभिन्न शीर्षकमा ५१ वटा उपलब्धिहरु सार्वजनिक गरेको हो । नगरपालिकाले आगामी बर्षको नीति कार्यक्रम तथा बजेट मार्फत झण्डै ९२ करोडको बजेट समेत सार्वजनिक गरेको छ ।
नगरपालिकाले प्रस्तुत गरेका उपलब्धिहरुमा पूर्वाधार निर्माण तर्फ प्रशासकीय भवन, सडक तर्फ आन्तरकि श्रोतबाट भएको झण्डै ८ सय ३ मिटर सडक कालोपत्रे, सार्वजनिक जवाफदेहिता प्रवद्र्धनका लागि सार्वजनिक सुनुवाई मार्फत जनताको अभिमत संकलनका कार्यक्रम, वडा कार्यालयहरुका भवन निर्माण, प्रधानमन्त्री रोजगराका कार्यक्रम मार्फत एकिकृत खेती प्रणालीको माध्यमबाट रैथानै बालीको उत्पादनलाई प्रमुख उपलब्धिको रुपमा लिएको छ । यसैगरी नगरपालिकाले विभिन्न साना ठुला २०१ वटा आयोजना सम्पन्न भएको उल्लेख गर्दै ३ हजार ४ सय ३५ मिटर नयाँ सडकको ट्रयाक्क खोलिएको समेत उल्लेख गरिएको छ । यसैगरी नगरपालिकाले १८ सय २० मिटरको खानेपानीको लाइन विस्तार गरी ५३ वटा नयाँ खानेपानीको धारा जडान भएको उल्लेख गर्दै विद्यालयका बाल शिक्षक, विद्यालयका कर्मचारी र कार्यालय सहयोगीको तलब बृद्धि गरी शैक्षिक क्षेत्रमा सुधारका कामहरु शुरुवात भएको उल्लेख गरिएको छ ।
आगामी शैक्षिक शत्र देखि स्थानीय पाठ्यक्रम निर्माणको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १२ वटा विद्यालयमा स्मार्ट स्कूल कार्यक्रम सञ्चालन गर्नु नगरपालिकाको उपलब्धि रहेको नगरपालिकाले जनाएको छ । १ सय ८८ सुत्केरी महिलाको लागि पोषण खर्च वितरण गरिएको भन्दै स्वास्थ्य क्षेत्रलाई सुधारको लागि जेष्ठ नागरीकको लागि जाँच तथा प्रेषण सेवा, भिटामीन ए कार्यक्रमलाई प्रभावकारी बनाइएको नगर सभामा प्रस्तुत उपलब्धिमा उल्लेख गरिएको छ ।
हिंसा प्रभावित १९ जना महिलालाई सेभ फाउबाट सेवा प्रवाह गरिएको उल्लेख गर्दै नगरपालिकाले कृषि क्षेत्रमा कृषक सहयोग कार्यक्रम अन्तर्गत ९० मौरी गोला तथा १ सय ५० वटा खालीघर वितरण गरिएको कुरा उल्लेख छ ।
गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन केन्द्रको गुरुयोजना तयार, उद्यम विकास कार्यक्रम अन्ततर्गत सीप मुलक तालिमहरु समेत यो अवधिमा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।




