१४ जेठ, पर्वत । नेपाल प्रेस युनिएन पर्वतले आफ्नो संगठनको ३३ औं स्थापना दिवस मनाएको छ । पर्वतको कुश्मा बजारमा अभिब्यक्ति स्वतन्त्रताको वर्तमान अवस्था विषय अन्तरक्रिया तथा सञ्चारकर्मीको स्वास्थ्य परिक्षण कार्यक्रम गरी संगठनले आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेसका प्रदेश सह महामन्त्री रामचन्द्र जोशीले पत्रकारहरु माथि चौतर्फी आक्रमण हुनु लोकतन्त्र माथिकै उपहास भएको बताए । उनले प्रेस स्वतन्त्रताको प्रत्याभूति नभएसम्म कुनै पनि देशको लोकतन्त्र संस्थागत नहुने कुरा उल्लेख गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेपाली कांग्रेस पर्वतका उपसभापति डा. चुडामणि शर्मा, प्रेस युनिएन पर्वतका संस्थापक विश्वप्रकाश प्रसाई लगाएतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, प्रेस युएिनका केन्द्रिय सदस्य माया अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश गिरी, समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष गणेश पौडेल, प्रेस सेन्टर पर्वतका अध्यक्ष निर्मल पौडेल, मानवअधिकारकर्मी माधव पौडेल, वडा न ७ का वडा अध्यक्ष परशुराम सुवेदी लगाएतले अभिब्यक्ति स्वतन्त्रताको विषयमा आफ्नो विचार राखेका थिए ।
संगठनका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष विष्णु गौतम र सञ्चालन सचिव सुमनजंग थापाले गरेका थिए ।
अन्तरक्रिया कार्यक्रम भन्दा पहिला करिब ३० जना सञ्चारकर्मी पत्रकार तथा अतिथिहरुको निशुलक स्वास्थ्य परिक्षण गरिएको छ ।




