Print

पैयू गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

६ जेठ, पर्वत । जिल्लाको पैयूँ गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक बर्षका कार्यक्रमहरुको बारेमा सेवाग्राहीसंग सवालजवाफ गरिएको थियो । चालु आर्थिक बर्ष २०८०/८१ मा सम्पन्न भएका र चालु अवस्थामा रहेका आयोजनहरु तथा सेवा प्रवाहको विषयमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा गाउँपालिकाबासीले आयोजनाहरुको कार्यान्वयन र सेवाप्रवाहको विषयमा प्रश्नहरु सोधेका थिए ।

सहभागीहरुको प्रश्नको उत्तर दिदै गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गाउँपालिकाले स्थानीयबासीको आवश्यकता पुरा गर्ने गरी नीति, कार्यक्रम र बजेट तुर्जमा गरिएको बताए । उनले सवै जनतालाई खुशी पार्ने कार्यक्रम गर्न गाउँपालिकाको श्रोत साधनले नपुग्ने भन्दै सिमित श्रोत साधनको गाउँपालिकाले उचित प्रयोग गरेको दावी गरे ।

कार्यक्रममा उपाध्यक्ष यामकुमारी रानाले सडक, कृषि तथा पशुपालनलाई प्राथमिक क्षेत्रको रुपमा राखिएको बताईन । उनले गाउँपालिकाले खाली हुँदै गएकोबस्तीलाई भरिभराउ गराउन शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गर्दै कृषि क्षेत्रलाई प्राथमिकता गाउँपालिकाले दिइरहेको बताएन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव रिमाल, गाउँपालिकाका शाखा प्रमुखदहरु र वडा अध्यक्षहरुले सहभागीको प्रश्नको उत्तर दिएका थिए ।

पावर न्यूज नेटवर्क प्रा.लिले कार्यक्रमको सहजीकरण गरेको थियो ।