६ जेष्ठ, पर्वत । जिल्लाको मोदी गाउँपालिका स्थित वडा न ६ तिलाहार देखि वडा न ८ चित्रे सडकखण्ड कालोपत्रे हुने भएको छ । लामो समय देखि कच्चि रहेको उक्त सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले अग्रसरता देखाएको हो ।
४२ करोड २७ लाख ६८ हजार १ सय १९ रकममा ओसिस पूर्ण लक्ष्मी जेभी भरतपुर चितवनले सडक कालोपत्रे गर्ने भएको हो । सडक कालोपत्रेका लागि आब्हान भएको सुचना बमोजीम उक्त कम्पनीले छनौट भएको हो ।
योसंगै रतीखोला देखि १३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । जिल्लाको प्रसिद्ध पर्यटकीय ठाउँ चित्रे पुग्नका लागि सडक कालोपत्रे भएपछि यात्रा सहज हुनेछ । होम स्टे सेवा सहितको पर्यटकीय सम्भावना बोकेको उक्त स्थानमा सडक कालोपत्रे नहुँदा पर्यटकहरुले सास्ती बेहोर्नु परेको थियो ।
उता, हिलेखोला देखि कार्किनेटा हुादै खलडाडा फलेवास जैमिनीघाट सडक समेतको स्तरोउन्नती हुने भएको छ । यस अघि हिलेखोला देखि कार्किनेटा हुँदै थापाठानासम्मको सकड भने कालोपत्रे भईसकेको छ । कालेपत्रे बाहेकको बाँकी खण्डलाई कालोत्रपत्रे गर्नका लागि प्रदेश सरकारले आब्हान गरेको सुचना बमोजीम निर्माण ब्यवसायी छनौट भएका छन् ।
सडक कालोपत्रेका लागि ८ करोड ३५ हजार ८ सय ७३ रुपैंयामा नेसनल एण्ड भुवनेश्वरी जेभी ललिपुरले निर्माणको जिम्मेवारी पाएको छ ।