६ जेठ, पर्वत । विहादी गाउँपालिका भित्रका सामुदायिक वन समूहहरुको आर्थिक हिसाव किताव पारदर्शी गर्न गाउँपालिका अध्यक्ष परविन गुरुङले निर्देशन दिएका छन् । गाउँपालिकाको सहयोगमा सञ्चालीत २ दिने वन, वातावरण तथा जलवायू परिर्वतन सम्बन्धि तालिम कार्यक्रमको समापन शत्रमा बोल्दै अध्यक्ष गुरुङले यस्तो निर्देशन दिएका हुन् ।

गाउँपालिका भित्र रहेका २० वटा सामुदायिक वन समूहहरुले आर्थिक हिसाव अध्यावधिक नगरेको र कतिपय सामुदायिक वनहरुको बार्षिक साधारण सभा तथा अधिवेशन समेत नभएको तर्फ इंकित गर्दै अध्यक्ष गुरुङले समूहमा पारदर्शीता अपनाउन निर्देशन दिएका हुन् ।
लामो समयसम्म एउटै ब्यक्तिले नेतृत्व गरेका सामुदायिक वनमा नेतृत्व हस्तान्तरण नभएको भन्दै अध्यक्ष गुरुङले सवै सामुदायिक वनले निर्धारीत समयमा तत्काल साधारण गर्नुपर्ने बताए । उनले पछिल्लो बर्ष डढेलोको प्रकोप बढ्दै गइरहेको भन्दै यसको निवारणका लागि समूहहरुल बेग्लै कार्ययोजना बनाउन अनुरोध गरे ।
अध्यक्ष गुरुङले गाउँपालिकाले वन ऐन छिट्टै ल्याउन लागेको भन्दै यसको विषयमा थप सल्लाह सुझाब वन समूहहरुले दिनुपर्ने बताए । उनले सवै पक्षको सुझाबा आधारमा तत्काल पालिकाले स्थानीय वन ऐन जारी गर्ने बताए ।
२ दिनसम्म सञ्चालन भएको उक्त तालिम कार्यक्रमको समापन शत्रमा सव डिभिजन वन कार्यालय पैयूका प्रमुख हिमलाल न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ विहादी गाउँ कमिटिका अध्यक्ष अनिल मास्के, कृषक महासंघका उप महासचिव ऋषीराम भुषाल, तालिमका सहभागी मिठुकुमारी श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।
शुभ सन्देश मिडिया प्रालिले आयोजना गरेको तालिम कार्यक्रमको समापन सत्र अध्यक्षता छविलाल तिवारीले गरेका थिए ।




