Print

पर्वतको वायुमण्डल प्रदुषित


१६ वैशाख, पर्वत । विगत १ हप्ता देखि वनमा लागेको डेढेलो र बातावरणीय प्रदुषणका कारण जिल्ला भरको बायूमण्डल प्रदुषित बनेको छ । मौसम परिर्वतनसंगै बढेको गर्मिका वीचमा वन जंगलमा लागेको डढेलोले बायुमण्डलको तापक्रम बढ्नुका साथै अस्वस्थ हावा पछिल्लो दिनमा बढेर गएको हो ।

वातावरण प्रदुषणसंगै पर्वत अस्पतालमा आउने विरामीको संख्यामा समेत बृद्धि भएको अस्पतालका प्रमुख डा. हेमन्त वास्तोला बताउँछन् । विशेषगरी दम, रुघा, खोकी र आँखा पोल्ने समस्याका विरामीहरुको संख्या पछिल्लो दिनहरुमा बढिरहेको छ । वातवरणीय प्रदुषण तत्काल न्यूनिकरा गर्न नसकिए पनि यसबाट अनुकुलित हुनका लागि स्वस्थकर खाना खाने, माक्र्स र चस्माको प्रयोग गर्न विशेषज्ञ डाक्टर बास्तोलाको सुझाब छ ।

तत्कालीन अवस्थामा स्वाशप्रश्वासका दिर्घरोगीहरुलाई असर देखिए पनि अहिलेको वातावरणीय प्रदुषणका कारण सामान्य मानिसलाई पनि पछिसम्म असर देखि डाक्टर वास्तोला बताउँछन् ।

वनजंगलमा डढेलो लाग्ने क्रम नरोकिने र बर्षात नहुने हुँदा सदमुकाम कुश्मा बजार पर्वत जिल्ला र छिमेकी जिल्लाहरुमा यसको असर वातावरणीय प्रदुषणको रुपमा देखा परेको छ । विहानै देखि आकाश डुम्म हुने, तातो हावा बहने र हावामा ढडेलोका अस्तुहरु उड्ने गर्दा त्यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर पारेको डाक्टरहरुको भनाई छ ।

पछिल्ला दिनमा बालबालिकाहरुमा समेत यसको असर देखा पर्न थाले पछि विद्यालय जाने विद्यार्थीको संख्या समेत घटेको मानवअधिकारकर्मी तथा पत्रकार सन्तोष थापाको भनाई छ । वालबालिकाको स्वास्थ्यलाई ख्याल गर्न अभिभावकहरुलाई समेत थापाले सुझाब दिएका छन् ।