२७ फागुन, पर्वत । कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले नयाँ गठबन्धन अवको ४ बर्षसम्म ठिक्ने ठोकुवा गरेका छन् । आइतबार गृह जिल्ला पर्वत आएपुगेका गिरीले अपवित्र गठबन्धन भत्केर बनेको यो गठबन्धन अवको ४ बर्षसम्म रहने ठोकुवा गरेका हुन् ।
मन्त्री गिरीले विघटित सत्ता गठबन्धनले देशलाई निकास दिन नसकेकाले नयाँ गठबन्धन बन्न जरुरी रहेको समेत बताए । उनले देशमा युवा पलाएनको द्धर्दनाक अवस्थालाई समाधान गर्न यस अघिको सरकार असफल भएको समेत बताए ।
गृह जिल्लाका एमाले निकट कर्मचारीको स्वागत कार्यक्रम तथा मोदी गाउँपालिकामा आयोजीत भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले अवको सरकारले जनताका आवश्यकताहरु पुरा गर्ने गरी काम गर्ने समेत बताए । उनले देशको विग्रदो आर्थिक अवस्थालाई सुधार गर्ने सरकारको पहिलो प्राथमिकता रहने समेत घोषणा गरे ।
सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि कानून, संघीय निजामित ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत गिरीले सो अवसरमा बताएका छन् ।




