Print

कुश्मामा दादुरा-रुबेला विरुद्धको खोप २३ सय बालबालिकालाई लगाईने

२० फागुन, पर्वत । जिल्लाको कुश्माका २ हजार ३ सय २६ वालवालिका लाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । कुश्मामा फागुन २१ अर्थात भोलिबाट प्रत्येक वडामा खोप लगाउने अभियान चलाइने भएको हो । यश अभियानमा लक्षित सबै वालवालिका लाई खोपको मात्रा लगाउन स्वास्थ्यकर्मी र आवश्यक सामाग्री पठाइसकिएको छ ।
पालिका स्तरीय खोप समन्वय समितिको बैठकले खोप अभियानको बारेमा छलफल गर्दै अभियान लाई सफल बनाउने प्रतिबद्धता जनाइएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले खोप अभियान लाई सफल बनाउन जनप्रतिनिधी, कर्मचारी, शिक्षक तथा सबै सरोकारवालाको दायिय्व रहेको बताउनुभयो । रास्टिय लक्ष्य लाई लक्षित उपलब्धी हासिल गर्न स्थानीय सरकारको महत्वपुर्ण भुमिका हुने भन्दै जोशीले खोप अभियानमा कोहि पनि छुट्न नहुने र गल्ती कमजोरी नहुने गरि परिचालन हुन निर्देशन दिनुभयो । उहाँले स्वास्थ्य सबैभन्दा ठूलो धन हुने भएकाले अभिभावकले आफ्ना वालवालिका लाई अनिवार्य खोप लगाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले कार्यपत्र प्रस्तुत गर्दै खोप अभियानमा धेरै वालवालिका ड्रप आउट अर्थात छुट्ने गरेको भन्दै अभियानमा कोहि पनि नछुटुन भनेर टोल टोलमा सुचना प्रवाह भएको अवगत गराउनुभयो । लम्सालले छुटेका लाई नियमित खोप कार्यक्रममा पनि समावेश गरिएको अवगत गराउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नारायण रेग्मी, कुश्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत बिस्णुप्रसाद तिवारी, लेखा अधिकृत अमृत रेग्मी, वडाध्यक्षहरु, पत्रकारहरु समेतओ उपस्थिती थियो ।
कार्यक्रम सन्चालन नगर स्वास्थ्य शाखाका प्रमुख यामप्रसाद शर्माले गर्नुभएको थियो ।