५ माघ, पर्वत । नेपाली काङ्ग्रेस पर्वतमा महासमिती सदस्य चयनमा नेताहरुको असन्तुष्टि देखिएको छ । महासमिती सदस्य चयन गर्न गठित कार्यदल गरेको निर्णय उपर कांग्रेस नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । महाधिवेशन प्रतिनिधीहरु मध्ये ६ जनाले लिखित रुपमा असहमति जाहेर गरेका छन् ।
महाधिवेशन प्रतिनिधीहरु रामचन्द्र जोशी, सिता काफ्ले, मिना केसी, मोहन गुरुङ, मीना कर्माचार्य र जीतबहादुर नेपालीले केन्द्रीय समितिमा असहमति जनाएका हुन् ।
१४ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी मेन अफ द इलेक्सन भएका नेताहरु महासमिति सदस्यमा नसमेटिए पछि नेपाली कांग्रेस पर्वतमा असन्तुष्टि देखिएको थियो ।
१४ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी रामचन्द्र जोशी, सीता काफ्ले लामिछाने, गङगाधर तिवारी महसमिती सदस्यमा अटाएनन । कांग्रेस स्रोतका अनुुसार यी नेताहरुलाई सर्वसम्मत चयन गर्दा नाम समावेश गरीएको छैन् ।

महासमिती सदस्य चयनका लागि गठित कार्यदलका संयोजक खिमप्रसाद भुसाल, बसन्तबहादुर सिके र कुलप्रसाद पाध्याले आफुले आफै लाई चयन गरेर जिल्ला पार्टिमा सिफारिस पठाएको कांग्रेस स्रोत बताउँछ ।महासमिती सदस्यमा चयनको विषय पार्टीले गोप्य राखेको छ । हालसम्म औपचारिक रुपमा नामावली सार्वजनिक नगरीए पनि गोप्य स्रोतका अनुसार महासमिती सदस्य छानिनेमा नवराज गुरुङ, बसन्तबहादुर सिके, ऋषिकेश तिवारी,राधा कुवर क्षेत्री, खगेन्द्र तिवारी, कुलप्रसाद पाध्या, रेखा गुरुङ, राजेन्द्र तिवारी, खैसरा दर्जी, मुना भुसाल, खिमप्रसाद भुसाल रहेको बुझिएको छ ।
जिल्ला अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधीहरुबाट कांग्रेसले महासमिति सदस्य चयन गर्नुपर्छ । निर्वाचनद्वारा चयन गर्नुपर्ने महासमिति सदस्य चयनका लागि कांग्रेसले सर्वसम्मत बिधि अबलम्बन गरेको हो । सर्वसहमतिले चयन गर्दा कुनै पनि औपचारिक बिधि अबलम्बन नगरिएको र आफू निकट नेताहरुलाई मात्र सदस्य चयन गरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।




