केशब घिमिरे । साबिक धौलागिरी अञ्चलको मुख्य द्वार भनेर चिनिने अहिलेको फलेवास नगरपालिका वडा न १ कार्किनेटा प्रजातान्त्रिक ब्यबस्था आउनु अघि नै चर्चामा थियो । राजनीतिक , सास्कृतिक तथा प्राकृतिक रुपमा निकै चर्चामा रहेको ठाँउ हो कार्किनेटा । अहिलेका राजनीति दलका प्रमुख नेताहरु भुमिगत हुदाको बेला कार्किनेटाकै टिमुरबोट भन्ने गाउँमा भुमिगत रहेको कुरा अहिले पनि सुन्न सकिन्छ ।
कार्किनेटाको नेवार, ब्राह्ममण लगायतका समुदायबाट गरिने लाखे नाच, भजन, कुर्तन पन्चेबाजा र अन्य समुदायका विभिन्न संस्कृतीले पनि कार्किनेटालाई चिनाउन ठूलो भुमिका निर्वाह गरेको छ।
प्राकृतिक रुपमा चारैतिर देखिने डाँडाकाँडा धौलागिरी ,निलगिरी,अन्नपूर्ण ,माछापुच्छ्रे लगायत मनमोहक हिमाल ,डहरेको लेक,झरना,नजिकै रहेको पबित्र धार्मिक स्थल डहरे देउराली, अन्धाअन्धी, बाघपाइला, द्वारे ढुङ्गा, बागेढुङ्गा, बाघको खोर, जुम्लिथान ,छहरेको झरना लगायत धेरै कुराले कार्किनेटा चिनाउन ठूलो मद्दत गरेका छन।
कार्किनेटा धौलागिरी अञ्चल जाने मुख्य प्रबेश द्वार नै थियो । २०४० देखि २०५० को बीचमा त अहिलेको पोखरा काठमाडौं जस्तै ब्यस्त रहने ठाउँ थियो। पर्बत म्यादी ,बाग्लुङ, मुस्ताङ लगायत जिल्लाका बासिन्दाहरुलाई पोखरा, काठमाडौं जस्ता शहरमा किनमेल र अन्य काम गर्नु परेमा ,स्याङ्जा ,कास्की हुँदै बटौलि जानू, आउनु परेमा ,लाहुर जान र आउन परेमा कार्किनेटा कै उकालो ओरालो गर्नै पर्ने अबस्था थियो ।
अन्नपूर्ण , माछापुच्छ्रे , धौलागिरी , निलगिरी लगायत हिमालको अबलोकन, भ्रमण गर्न आउने पर्यटक, भारी बोक्ने भरिया देखि घोडा खच्चड तथा पैदल यात्रीहरुको दिनहुँ भिडभाड हुने त्यो ठाउँ २०५१ सालमा चिनियाँ सरकारको सहयोगमा पोखराको नयाँ बसपार्क देखि कुश्मा, बाग्लुङ सडकखण्ड खने देखि एकाएक सुनसान जस्तै बन्न पुग्यो ।
२०५१ सालबाट आजसम्म आइपुग्दा देशमा धेरै उतरचढाब, आरोहण अबरोह आए त्यसको धेरै थोरै असर हामिलाइ पनि पर्यो । केही परिवर्तनहरु हामिले पनि देख्न र भोग्न पायौ । पछिल्लो समय बिश्वले नै कोरोना महामारी जस्ता संकटहरु पनि भोग्नु पर्यो त्यसको केही असार हामिलाइ पनि पर्यो । कोरोना महामारी पछि अर्थतन्त्रमा ठुलो संकट देखा परे संगै केही बिकाशका कामहरु ठप्प जस्तै भए । कोरोना महामारी बिस्तारै हराउदै गए संगै ब्यापार, ब्यबसायमा पनि मन्दी छायो, देशका बौद्धिक युवा बिदेश जाने क्रम तिब्र गतिमा वृद्धि हुन थाल्यो । स्थानीय सरकारहरुले पनि युवाहरुलाई रोक्ने नयाँ निति तथा कार्यक्रमहरु केही ल्याउन सकेनन यही बसेर केही गर्छु भन्ने युवाहरुलाई पनि आश्वस्त हुने बाताबरण बन्न सकेनन । बिदेश जाने क्रम रोकिएन झनै बढयो ।
आज हरेक गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामी पाउन पनि मुस्किल परिरहेको छ । प्राय घरहरु बुढा बा आमाले कुर्नु परिरहेको छ । हिजो जता गयो मान्छे नै मान्छेले भरिने बन, पाखा, पखेरा, चौतारी, खरबारी, धारा पँधेराहरु आज सुनसान जस्तै छन । खेतीयोग्य जमिनहरु बाझै छन । गाउँहरु बनजङ्गल जस्तै बनेका छन । हिजो गफगाफ गर्न, दुःख बिसाउने र सितल ताप्ने वर पिपल चौतारीहरु नै छैनन् । भएका शुन्यै छन । वल्लो घर बाट पल्लो घर देखिदैनन, पुराना बाटोहरु देख्न मुस्किल परिरहेको छ।
हिजो बाँदर, बाघ लगायतका जंगली जनावर हेर्न धेरै टाढा पुग्नु पर्ने थियो । गाउँमा आज बाँदर बाघ लगायत जनावर घरको आँगनमा, आँटिमा आएर नाचिरहेका छन। अन्न ,फलफुल लगायत सामान उठाएर लगेका छन । बिगारेर छाडेका छन भने मान्छे, गाइ, भैंसी, बाख्रा पाठालाई नै आक्रमण गरिरहेका छन । बास्तबमा भन्ने हो भने आजगाउँ बस्नेहरुनै बाँदर लगायतका जनावरसंग डराएर बस्नु परिहेको छ। यो कार्किनेटाको मात्रै समस्या होइन । देशै भरि यो प्रमुख समस्या बनिरहेको छ । राज्य यो समस्या प्रती उदासीन छ । यो बारे स्पष्ट नीति ल्याउन सकिरहेको छैन ।
आज गाउँमा पहुँच हुने स्थानीयहरु त अहिले पनी परिवार लिएर शहरमा झरिरहेका छन । कतिपयले गाउँमै रहेका बिद्यालयको पठन पाठनसंग सन्तुष्ट नभएर आफ्ना छोराछोरीको पढाई कमजोर रहेको अनुभुति गर्दै उनिहरुको भबिस्यको लागि नै भएपनी सकि नसकि कोठा खोजेर शहरमै ल्याएर निजि स्कुलहरुमा पढाइरहेका छन । गाउँमै रहेकाहरु केही भिषा कुरेर बसिरहेका छन ।
केही बिदेश जाने योजनाको बनाउदै छन् भने केही अब बस्न सकिँदैन भन्दै निराश छन् । अवस्था यस्तोसम्म आउन थाल्यो कि गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामीसम्म पाउन छाडिसक्यो ।
केही यहीँ रहेका युवा अझै पनि केही हुन्छ कि भनेर झिनो आशा लिदै बसिरहेका छन् । यस्तै धेरै समस्याहरु छन । यी समस्या समाधान गर्न पहल गर्नको लागि, त्यही जन्म ठाउँलाई बसौँ बसौँ लाग्ने बनाउन सकिन्छ कि । तपाईं हाम्रो पबित्र मनले कार्किनेटाको लागि केही राम्रो गर्न हाम्रो पनि कर्तव्य हो भन्ने लाग्छ भने सकारात्मक सोचका साथ आउनुस आ–आफ्नो ठाउँबाट पहल गरौ सबै भन्दा पहिले कार्किनेटामा हालका समस्या, समाधानका उपाय , भाबी योजना र कार्यान्वयनको लागि सहयोग तथा खबरदारी सहित फनपा १ कार्किनेटामा एउटा बृहत छलफलको आयोजना गरौ ।
१. कार्किनेटाका स्कुलहरुको पठन पाठन कस्तो छ ? हामिले के गर्न सकिन्छ ? वा पुर्ब बिद्यार्थि मंच गठन गरेर त्यहाँका स्कुलहरुलाई सुधार गर्न सकिन्छ कि ?
२. बिद्यालय ब्यबस्थापन समितिको अबस्था कस्तो छ ? हामिले सुझाव सहित निगरानी वा खबरदारी गर्न सकिन्छ कि ?
३ त्यहाँका धार्मिक तथा एतिहासिक सम्पदाहरुको अवस्था कस्तो छ,हामिले केहि पहल गर्न सकिन्छ कि ?
४. कार्किनेटामा बिकाश निर्माणको अबस्था कस्तो छ, के प्रगति भैरहेको छ। अबरोध केहि भए हामिले समन्वय गर्दै सुझाव दिन सकिन्छ कि ?
५.कार्किनेटामा जन्मिएका,पढेलेखेका र हाल विभिन्न पेशा ,ब्यबसाय सरकारी गैरसरकारी संघ सस्थाहरुको उच्च ओहोदामा भएका ब्यक्तिहरु लाई भनसुन गरेर कुनै योजना ल्याउन सकिन्छ कि ?
६.देश तथा बिदेशमा बस्ने दाजुभाइ हरु बाट वा त्यही स्कुलमा पढेका विभिन्न क्षेत्रमा रहनु भएका अन्नपूर्ण मा बि का पुर्ब विद्यार्थीहरु बाट कार्किनेटाको बिकाशको लागि केही अनुभव आदन् प्रदान सहित नयाँ योजना र सहयोग आउँछ कि ?
७.बाँदर,बाघ लगायत जनावरहरुले दिएको सास्ती बारे केही समाधान खोज्दै राज्यलाई दबाब दिन सकिन्छ वा केही पहल गर्न सकिन्छ कि ?
यी लगायत धेरै विषयमा छलफल गर्न सकिने छ। कार्किनेटा अरुले राम्रो बनाइदेलान,अरुले बिकाश गरिदेलान भनेर मात्रै हुदैन।जन्मिएको ठाँउ, राम्रो बनाउने हाम्रो पनि कर्तव्य हो भनेर बिर्सनु हुदैन ।सधै अरुलाई मात्रै दोष थोपरेर ,गाली मात्रै गरेर,आलोचना गरेर आफुले केही गर्न पहल नगर्न र केही गरौ भन्नेहरु लाई पनि विभिन्न आरोप लाउने र गर्नै नै नदिने परिपाटीको अन्त्य गरौ । कुनै पनि ठाँउको बिकाश गर्न एक्लै असंभव छ ।
देश तथा बिदेशमा रहनुभएका कार्किनेटाको भलो चाहने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी बैनीहरु आउनुस आफुले टेकेको माटो सम्झिएर,जन्मभुमि सम्झिएर,राजनीति आस्था र बिचार भन्दा माथी रहेर,पबित्र मन र सकारात्मक सोचका साथ बृहत छलफलको आयोजना गरौ। कार्किनेटा बन्दै बन्दैन ,बनाउनै सकिँदैन, भनेर निरास नहोउ ।संभावनै संभावनाले भरिएको प्रकृतिको अनुपम सुन्दर ठाँउ कार्किनेटा लाई झनै सुन्दर बनाउने अभियानमा लागौ ।
फलेवास नगरपालिका वडा न १ कार्किनेटा निवासी लेखक घिमिरे हाल पोखरा बस्नुहुन्छ ।
(यो विचार लेखकको आफ्नो नीजि विचार हो । २९ माघ, २०८०)