२२ पौष, पर्वत । नेपाल निजामित कर्मचारी संगठन पर्वत शाखाको २ दिने प्रशिक्षण कार्यक्रम पर्वतको मोदी गाउँपालिका स्थित भुकदेउरालीमा सम्पन्न भएको छ । शाखाले पर्वतको भुकदेउरालीमा जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
आन्तरीक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुराउने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख बत्ताको रुपमा एमाले उपमहासचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवाली र सह बक्त्ताको रुपमा एमाले प्रमुख सचेतक तथा पूर्व मन्त्री पदम गिरीको सहभागीता थियो ।
२ दिने कार्यक्रममा निजमति कर्मचारी संगठनका समस्याहरु, संघीय निजामति कर्मचारी ऐन त्यसको चुनौति र समाधानका विकल्पहरुको विषयमा कार्यक्रममा प्रशिक्षकहरुले प्रशिक्षण मार्फत आफनो विचार राखेका थिए ।
कार्यक्रममा एमाले नेताहरु केन्द्रिय सदस्य कल्पना चापागाई, जिल्ला अध्यक्ष राजु पौडेल प्रदेश सभा सदस्यहरु भक्त कुँवर मित्रलाल बस्याल तथा जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विक लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालालले संगठनका धारणाहरु ब्यक्त गरेका थिए ।
निजामती कर्मचारी संगठन पर्वतका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब दिपक सुवेदीले गरेका थिए ।




