२४ असोज, पर्वत । पैंयु गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजिव रिमालले पदभार ग्रहण गर्नुभएको छ । रिमालले बुधवार पैंयुँ गाउँकार्यपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सरुवा भएर रिमाल पैंयु गाउँपालिकामाले जिम्मेवारी ग्रहण गरेका ह्ुन । यस अघि प्रमुख प्रशासकिय अधिकृत रहनुभएका केशब लामिछानेको सरुवा भएपछि पैंयु गाउँपालिकामा उक्त पद खाली रहेको थियो ।
लामो समय कुश्मा नगरपालिकाको सुचना प्रविधि इन्जिनियरको रुपमा कार्यरत रिमाललाई मन्त्रालयले यस अघि कालीगण्डकी गाउँपालिकामा सरुवा गरेको थियो । गाउँपालिकाले संघीय सरकारसंगको लडाई भन्दै रिमाललाई हाजिर गर्न दिएको थिएन ।
पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका स्थायी बासिन्दा समेत रहनुभएका रिमाल सुचना प्रविधि, र प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फ पोख्त मानिन्छन ।
रिमाललाई बुधवार पैंयु गाउँपालिकाको कार्यालयमा पदभार ग्रहण गराउँदै अध्यक्ष तोरण मल्ल ठकुरी राजले पैंयु गाउँपालिकालाई समृद्ध बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीबीच मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले गाउँपालिकाको आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको विकास गर्नु सवैको दायित्व र लक्ष रहेको भन्दै आवश्यक समन्वय र सहकार्य गरेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यमकुमारी रानाले सहमतीका साथ चलिरहेको गाउँपालिकामा सवै काममा सहकार्य र सहमतीको वातावरण सृजना गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरिन । कार्यक्रममा वडाअध्यक्षहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । जिम्मेवारी सम्हाल्लेका प्रमुख प्रशासकीय अधिकृत रिमालले सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकास, काम रसेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्दै आफु पनि नयाँ भएको कारण सबैसंग सिकेर अगाडी बढ्ने बताए ।




