२८ असार, पर्वत । पर्यटकीय जिल्ला बन्दै गएको पर्वत जिल्लामा पछिल्लो समय होटल ब्यवसायमा लगानी गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको छ । यहि वीचमा मध्य असारको साइत छोपेर पर्वतको कुश्मा बजारमय होटल स्वर्ग सञ्चालनमा आएको छ । युवा ब्यवसायी सुवासचन्द्र पौडेलले उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।
होटलमा विभिन्न प्रकृतिका १५ वटा पाहुना कोठा बनेका छन् भने तालिम हल, सामुहिक हल समेतको सेवा सञ्चालनमा आएको छ । पाहुना कोठामध्ये ग्राहकको माग अनुसार एसी, एट्याज बाथरुम लगायतका सेवा समेत थप गरिएको सञ्चालन पौडेलले बताए । अधिकतम ५० जनासम्मलाई आवासको सुविधा दिन मिल्ने गरी पौडेलले उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।
पर्यटकीय स्थल हिमालपारीको जिल्ला मुस्ताङ पुग्नका लागि बाह्य जिल्लाबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पर्वतको कुश्मा बजार ट्रान्जिट नै बन्दै आएको छ । यहाँ सञ्चालीत बन्जी जम्प, जीपलाईन, यान्त्रिक तुईन, अग्ला पुलहरुका कारण कुश्मा बजार अहिले पर्यटकहरुको रोजाईमा पर्दै गएको छ ।
कुश्मा बजारमा सञ्चालित होटल तथा रिसोर्ट मध्ये स्वर्ग होटलमा पाहुनालाई छुट्टै मनोरञ्जन दिलाउन प्रत्येक वालमा भित्तेलेखन तथा विभिन्न समुदायको संस्कृति झल्किने गरी आर्ट समेत गरिएको छ । जसअन्तर्गत पर्वतका विभिन्न पर्यटकीय स्थल लगत नेपालका लुम्बिनी, सगरमाथा, धरहरा लगायतका चर्चित स्थलहरुको सहित धार्मिक हिसावले बौद्ध, हिन्दु, मुस्लिम तथा अन्य समुदायको समेत पहिचान झल्किने गरी होटलका विभिन्न कोठा तथा प्यालेसमा चित्र कोरिएको सञ्चालक पौडेलले बताए ।
पौडेलका अनुसार होटलमा सामान्य परिवारको व्यक्ति देखि विशिष्ट परिवारका पाहुनाहरु समेत बस्न सक्ने गरी सर्वसुलभ रुपमा सेवा सञ्चालन गरिएको छ । लोक्कल परिकार पाहुनाका लागि उपलब्ध ग गराउने ब्यवस्थापनका सहित होटल स्वर्ग सञ्चालमा ल्याएका पौडेल बताउँछन् ।
कुश्मा बजारमा विगत १० बर्षको अवधिमा होटल ब्यवसायमा उल्लेख्य प्रगति भएको देखिन्छ । अहिले ठूला होटलहरु सञ्चालनसंगै जीपलाईनमा र बन्जीजम्पमा पनि रिर्सोटको सुविधा उपलब्ध छ ।




