३ असार, पर्वत । जिल्लाको मोदी गाउँपालिका स्थित वडा न ७ को वडा कार्यालय गत राती तोडफोड भएको छ । कार्यालयको मुल ढोका फोडेर कार्यालय भित्रका सवै टेवल र दराजमा राखिएका महत्वपूर्ण काजगातहरु नष्ट गर्ने प्रयास गरिएको छ । वडा कार्यालयका अध्यक्ष दुर्गा प्रसाद शर्मा गौतमका अनुसार रातीको समयमा टेवलका घर्रा, दराजहरु तोडफोड गरिएको छ भने, महत्वपूर्ण कागजातहरु छरपष्ट रुपमा फालिएको छ ।

कार्यालय सामाग्रीहरु चोरी नभएको बताउदै वड अध्यक्ष गौतमले कागजातहरु भूइभरी फालिएको जानकारी दिए । चोरी गर्ने नियतले हो या कागजातहरु नष्ट गर्ने नियतले हो कार्यालय तोडफोड भएको अहिलेसम्म यकिन नभएको वडाअध्यक्ष गौतमको भनाई छ । रातको समय भएका कारण वडा कार्यालय वरीपरीका स्थानीयले समेत थाहा नपाउने गरी कार्यालय तोडफोड गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयमा तोडफोड पछि वडामा रहेका महत्वपूर्ण दस्तावेजहरुको चोरी भएको वा नष्ट गरिएको हुनसक्ने अनुमान गरिएको छ । तोडफोडमा संग्लन्नहरुको खोजी कार्य भईरहेको वडाअध्यक्ष गौतमले जानकारी दिए ।





