२८ वैशाख ,पर्वत । पर्वतको जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा व्यापक रुपमा चर्चा भयो ।
कार्यक्रममा जलजलाका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दिपक आचार्य, वडाका अध्यक्षहरु, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, पत्रकार समेतको सहभागितामा सार्वजनिक सुनुवाइ गरिएको छ । स्थानीयले जलजला गाउँपालिकाले अन्य स्थानीय तहभन्दा फरक र दुरगामी प्रभाव पार्ने कार्यक्रम अगाडी सारेको सहभागिले बताउनुभयो । कतिपयले प्राकृतिक स्रोतको समुचित उपयोग नभएको, फोहोर ब्यबस्थापन प्रभावकारी नभएको, वडामा कर्मचारीहरुले दिने सेवामा कमजोरी रहेको, गुणस्तरीय स्वास्थ्य सेवा नभएको, सडकहरु सहज नभएको जस्ता कुराहरु पनि राख्नुभयो । यस्तै शक्षाको सुधार, सुसासन र पारदर्शिता कायम गनका लागि सर्वसाधारणहरुले सुझाव पनि राख्नुभयो ।
कार्यक्रममा बोल्दै जलजला गाँपालिकाका अध्यक्ष राजु प्रसाद आर्चायले सेवाग्राहीका गुनासा लाई स्वागत गर्दै गाउँपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र पालिकाको सेवा लाई प्रभावकारी बनाउने हिसावले सवै वडामा सार्वजनिक सुनुवाइ गर्न प्रतिवद्ध रहेको बताउनुभयो । अध्यक्ष आचार्यले आफूहरु सकेसम्म गाउँपालिकाको स्रोत र साधानको समुचित प्रयोग गरि विभिन्न योजना अगाडी सारेर काम गरिरहेको भन्दै आफुहरुका काममा आशिंक सन्तुष्टि र आशिंक असन्तुष्टि रहेका बताउनुभयो । उहाँले जनप्रतिनिधी र कर्मचारीहरु लाई गुनासोहरुको सम्बोधन गरि कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
उपाध्यक्ष दिपक आचार्यले जलजला गाउँपालिकाले धेरै काम गर्ने सोच बनाएपनि आन्तरिक स्रोत कमजोर हुँदा कतिपय योजनाहरु अगाडी बढाउन नसकेको बताउनुभयो । तैपनि संघ र प्रदेश सरकार समक्ष जनमुखी कामका लागि योजना लगेर छोडेको हुनाले आगामी आर्थिक वर्षको बजेटमा ति योजनाहरु समाबेश भएर आएमा नमूना काम हुने बताउनुभयो । उहाँले सेवाप्रवाह लाई गुनासो रहित बनाउने कोशिसमा रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुशल सुवेदीले वार्सिक योजना तथा कार्यक्रमको बारेमा अवगत गराउनुभयो ।
अहिले सम्म गाउँपालिकाले ५१ प्रतिशत बजेट खर्च गरेको बताउँदै सुबेदीले सेवाप्रवाहमा कुनै असन्तुष्टि भएमा सहज र सरल रुपमा गुनासो गर्न हरेक वडा र कार्यालयमा गुनासो पेटिका राख्ने काम अगाडी बढेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, पत्रकार रोशन तिवारी, महेन्द्र जिसी सहित ९ वटै वडाका अध्यक्षहरु, कर्मचारीहरु र सेवाग्राहीहरु सहभागि हुनुभएको थियो । नेपाल पत्रकार महासङ्घ पर्वतको सहजीकरणमा भएको कार्यक्रमको सन्चालन सन्चारकर्मी गणेश गिरीले गर्नुभएको थियो ।
पत्रकार रोशन तिवारीले तयार गर्नुभएको समाचार




